१६ चैत्र २०८० शुक्रबार
विचार

चीन, अमेरिका र व्यापार युद्ध

आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमाथि ३५ देखि ४५ प्रतिशतसम्म कर थोपर्ने भनेका थिए । यसले चीनलाई अमेरिकासँगको व्यापार घाटा कम गर्न बाध्य बनाउने ट्रम्पको तर्क हुने गथ्र्यो । यसो गर्दाको स्वाभाविक परिणाम भनेको अमेरिका र चीनबीचको व्यापार युद्ध हुने थियो जुन युद्धमा अमेरिका निःसन्देह हार्नेछ । त्यतिबेला ट्रम्पले आफ्नो उक्त धम्कीलाई व्यवहारमा उतार्ने थिए वा थिएनन्, कुनै टुंगो लागिसकेको थिएन । तथापि आफ्नो कार्यकालका सुरूका दिनमै ट्रम्पले अन्तर प्यासिफिक पार्टनरसीप (टिपिपी) बाट हात झिकेर चुनावताकाका धम्कीपूर्ण अभिव्यक्ति कार्यान्वयन गर्ने तत्परता देखाए।

वास्तवमा चीनस“ग खेलेर ट्रम्पले अज्ञात र जोखिमपूर्ण क्षेत्रमा हात हालेका थिए । एसियाली मामिलामा उनको जानकारी कम भएको कुरा त २०१६ डिसेम्बरमा ताइवानका राष्ट्रपति वेनसँगको फोनवार्तामा उनी स्वयंले सार्वजनिक रूपमा स्वीकारेबाटै प्रष्ट भएको थियो । त्यसभन्दा अघि उनले ‘एक चीन’ नीतिबारे आफूलाई जानकारी नभएको भनी बोलेका थिए । उनले ‘एक चीन’ नीतिप्रति किन सम्मान गर्नुपर्छ भन्नेबारे आफूसँग जानकारी नभएको बताएका थिए । टिपिपीबाट ट्रम्पको फिर्ताले संसारकै नेतृत्वदायी आर्थिक शक्ति–अमेरिकाबाट चीनको सम्बन्धलाई खुकुलो बनाउँदै लग्यो।

चीनले केही समयसम्म अमेरिकाबाट चालिने पहिलो कदमको प्रतीक्षा ग-यो । चीन र अमेरिकाबीचको व्यापार युद्ध क्षेत्रीय हिसाबमा पनि समस्याको विषय बन्ने थियो । दक्षिणपूर्वी एसियाको सन्दर्भमा चीन–अमेरिका व्यापार युद्धको प्रभाव कम हुने थिएन । प्रमुख व्यापार साझेदारको नाताले व्यापार युद्धको सबभन्दा गहिरो नकारात्मक प्रभाव त अमेरिका र चीनलाई नै पर्ने थियो । तर त्यो चीनका लागि संकटको अवस्था बन्ने थिएन किनभने चीनका लागि अमेरिकाभन्दा अमेरिकाका लागि चीनको खा“चो अझ बढी पर्ने गरेको छ।

ट्रम्पको दुर्भाग्य, आजको समय सन् १९८० को दशक होइन । बीस वर्षअघि परिस्थिति भिन्न थियो । त्यतिबेला चीन नाटकीय रूपमा अविकसित थियो । चीनले पश्चिमा प्रविधि र उत्पादन प्रविधिमा आफ्नो पहुँच खोजिरहेको थियो । तर आज चीनसँग उसले खोजेका सबै कुरा पुगीसरि भइसकेको छ । अनि जति पनि कुरा उसले अझै हासिल गर्न सकेको छैन, उसले अमेरिकाबाहेक अरू देशबाट सजिलै प्राप्त गर्न सक्नेछ । अमेरिकी बजार केही दशकअघिसम्म आकर्षक देखिन्थ्यो । तुलनात्मक रूपमा अमेरिकी बजार परिपक्व देखिन्थ्यो । तर आज नया“ उदीयमान देशहरू भने पेकिङप्रति बढी आकर्षित छन्।

चीनका उत्कृष्ट उत्पादनहरू जस्तैः ल्यापटप कम्प्युटर र मोबाइल फोनका लागि तीव्र रूपमा फैलिँदो बजार भनेको भारत, ल्याटिन अमेरिका र अफ्रिकाजस्ता विकासशील क्षेत्र बनिरहेका छन् । अर्कोतिर चीन भने अमेरिकाका लागि उसले उपेक्षा गर्नै नसक्ने बजार हो । सन् २०१५ को अन्त्यसम्ममा चिनियाँ उपभोक्ताहरूले मात्र १३ करोड १० लाख आइफोन किनेका थिए । जबकि अमेरिकी उपभोक्ताहरूले त्यही अवधिमा जम्मा ११ करोड बराबरको आइफोन खरिद गरेका थिए । आइफोन भनेको त अमेरिकाले चीनमा गर्ने कुल निर्यातको एउटा सानो हिस्सामात्र हो । १ लाख ५० हजार कामदारले काम गर्ने अमेरिकाको बोइङ विमान कम्पनीबाट आगामी बीस वर्षमा चीनले मात्र झन्डै ६ हजार ८ सय १० वटा विमान किन्ने अनुमान गरिएको छ । बोइङ विमानको कारोबारमात्र पनि १० खर्ब अमेरिकी डलर बराबरको हुनेछ।

ट्रम्पले व्यापार युद्ध सुरु गर्दा सबभन्दा तत्काल प्रभाव पार्ने क्षेत्र भनेको वालमार्टजस्ता कम्पनीहरू हुन् । वालमार्ट जस्ता कम्पनीले अर्बौं अमेरिकी डलर बराबरका सस्ता सामान चीनबाट आयात गर्ने गरेका छन् । ती सामानका उपभोक्ता भनेका ट्रम्पलाई राष्ट्रपति बनाउने मतदाताहरू हुन् । त्यस्ता उपभोग्य वस्तुको मूल्य एकाएक छोटो समयमा आकाशिनेछ । उपभोग्य वस्तुको उत्पादन लागत बढेर मूल्यवृद्धि हुने होइन, बरु करको वृद्धिका कारण मूल्यवृद्धि हुनेछ । चीन र अमेरिकाबीचको व्यापार युद्धमा त्यसकारण चीनले सजिलै जित्न सक्ने अवस्था छ।

चीनसँग अहिले विदेशी मुद्रा सञ्चय ३० खर्बभन्दा बढी अमेरिकी डलर छ । (यो एक वर्षअघिको तथ्यांक हो) । तर अमेरिकासँग यत्रतत्र सर्वत्र छरिएर रहेको विदेशी मुद्रा सञ्चय १ खर्ब २० अर्ब अमेरिकी डलर मात्र छ । चिनियाँ वस्तुमाथि ट्रम्पले कर थोपरेलगत्तै विश्व व्यापार संगठनमा उसले जरिवाना तिर्नैपर्ने हुन्छ । त्यसले त अन्ततः विश्व व्यापार संगठनलाई समेत विघटनको मोडमा पु-याउन सक्छ । विश्व व्यापार संगठनलाई जोगाउन अमेरिकाले अझ बढी खर्च गर्नुपर्ने हुन्छ । यति सबै घटना हुन त केही समय पक्कै लाग्ला । तर यी सबै घटना हुनुअघि व्यापार युद्धले अमेरिकी व्यापार र रोजगारीमा विध्वंशकारी प्रभाव पार्नेछ । तर तुलनात्मक रूपमा चीनलाई भने यसले कमै मात्र प्रभाव पार्ने देखापर्छ।

वास्तवमा अमेरिका–चीन सम्बन्धको महत्वलाई अरु खेलाडीहरूले चुनौती दिइरहेको अवस्था छ । चीनमा एप्पलको आइफोनको बिक्री स्थानीय चिनियाँ उत्पादकहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । सामसुङ भने चिनियाँहरूले टाल्नै नसकेको प्वालहरू आफूले टाल्न सकेकामा ज्यादै खुसी छ । त्यसै गरी चिनिया“हरू एउटा युरोपेली कम्पनीबाट एयरबस किन्न अर्बौं डलर खर्च गर्न तयार छन् । त्यो युरोपेली कम्पनीले चीनमै ठूलो आकारको ट्वीन–एसल जेट विमान बनाउन (एसम्बल) गर्न आवश्यक पूर्वाधार चीनमै निर्माण गरिसकेको छ । गाडीको कुरा गर्दा धेरै चाँडै चिनियाँ गाडीहरूले मर्सिडिज, बीएमडब्ल्यु वा लुक्स र फोर्डलाई उछिन्नेछन्।

चीन र अरू आर्थिक विज्ञहरू पनि दुई देशबीचको व्यापार चाहँदैनन् । अमेरिकी राजनीतिक प्रणाली ‘नियन्त्रण र सन्तुलनको सिद्धान्त’मा आधारित प्रणालाी हो । तर जटिल मुद्दाहरूमा राष्ट्रपतिबाट आफ्नै विश्वासमा आधारित भएर चालिने विशेष कदमले जे पनि हुनसक्ने सम्भावना भने रहेकै हुन्छ।

(प्राध्यापक विन्टर ने दक्षिणपूर्वी एसिया र ओसिनिया आइएमडी बिजिनेस स्कुलका क्षेत्रीय निर्देशक हुन् । आइएमडी जर्नल (२०१७) मा प्रकाशित लेखलाई नीरज लवजूले अनुवाद गरेका हुन्।)

प्रकाशित: २० कार्तिक २०७५ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App