६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

किरात धर्मका नौला तरंग

मेन्साम्गेन नाम्याप्मीसाः युक्पुङगेन सावान्केम्बाका सन्तानलाई ‘सावायेत्हाङसाः’ भनिन्छ। मूल मानव मुःजीना खेयङनाको बीज मनातेम्बेबाट फैलिएका मानवशास्त्रले पेकिङ म्यान (पेकिङ मानव) भनी संसार चिनिएका चिनिया, रसियन, मंगोल, चाइनिज, कोरिया, जापान, भियतनाम, ताइवान, थाइलैन्ड, बर्मा, तिब्बत, भुटान, भारत र नेपालमा बसोबास गरेका वर्ग, समुदाय, समाज, जाति, जनजाति एउटै ‘मना’ का शाखा सन्तान हुन्। विश्व मानवशास्त्रका अनुसार ककेसियन, केन्या, जाभा र पेकिङ ४ मनुष्यको संज्ञा लागेपनि मानिसको जात मानिस हो भन्ने कुरामा मानवशास्त्री एकमत छन्।

पछिल्लो सृष्टिगत गणनामा १,९५,५८,८५११९ को दौरानमा मानव समाज सत्य, त्रेता, द्वापर सकेर कलियुगको ५११९ वर्षको अन्तरालमा हामी अस्त, मस्त, व्यस्त, त्रस्त भएर २१ औँं शताब्दीको आधुनिक संज्ञा दिँदै फेसबुकदेखि देशबुकमा वैचारिक विमर्शमा रन्थनिइरहेका छौँ। यस सन्दर्भमा वर्तमान ‘युमा साम्यो महासभा’ नामक किरात धर्मभित्र मौलिक संज्ञामा लिम्बूहरूको राष्ट्रिय÷अन्तर्राष्ट्रिय धार्मिक सम्मेलन भइरहेको सर्वज्ञ चर्चाले किरात धर्म दर्शनका सूत्र केलाउनु र धर्मको भ्रम हटाइधर्मसार ज्ञान दिन उत्सुकमात्र होइन, जिज्ञासु वा कर्तव्यबोध महसुस भएको छ।

धर्मदर्शनमा ५ मूलभूत सारहरू ज्ञेय हुन जरुरी छ भने धर्मको मूलभूत उद्देश्य परम्सत्ता कायम गर्नु हो।अर्कोतिरप्रमुख लक्ष्य मानव मोक्ष गराउनु सर्वधर्म उद्देश्य र लक्ष्यमा एकाम्य मिल्छ। यद्यपि यही परमसत्य पहिचानका लागि प्रत्येक धर्ममा हुने आ–आफ्नो सारतत्व पहिचान दिन सकेन भने भ्रमित हुन्छ कि भनेर ख्याल गर्न जरुरी छ । सेवाही परमो धर्म, अहिंसाही परमो धर्म भनिएको छ।

किरात धर्म सनातन भएकाले युमा साम्यो कान्देनहाङकालीनदेखि प्रारम्भ भएको युमाधर्म पनि किरात धर्मको इष्टदेवी हुन।

धर्म दर्शनमा ५ मूलभूत सारतत्व : १– ईश्वरको नाम के भनिन्छ, २– ईश्वर मान्ने भाषाको नाम के हो, ३– ईश्वर मान्ने भाषा कुन लिपिमा लिपिन्छ, ४– भाषा र लिपिमा लेखिएको ईश्वर मान्ने शास्त्रको नाम के भनिन्छ, ५– यसलाई सम्बोधन गर्ने धर्मको नाम र दर्शनके हो र दार्शनिक को हो ? यी पाँच सारतत्व विषयमा पूर्णतीपूर्ण सम्बोधन हुन नसकेमा मेरो धर्म, तिम्रो धर्म अर्थात फलानो दर्शन भन्नु व्यर्थ छ । विश्वका धर्मदर्शन वाङमयमा धर्मको पहिचान दिन नसकी केवल पन्थ, सम्प्रदाय, शाखा, समुदाय वा एकधर्मको हाँगाबिंगाका रूपमा असंख्य धर्म विद्यमान छन् । धर्मको परमसत्ताको नाममा क्षणिक सत्ता वा लिम्बूसत्ता, याक्थुङसत्ता, राईसत्ताझैँं सीमित थर, थरि, गोत्र, मिङस्रा, जोङ, यक, जात जातिको घेराबन्दीमा धर्मलाई कैद गरिएमा आफ्नो धर्मको नाममा आफूले आफँंलाई अन्याय गरेको ठहरिन्छ ।धर्मदर्शनको अज्ञान र अन्जानमा कपोलकल्पित भावनाको बहावमा बगेर वास्तविक विन्दुमा पुग्न सकिँदैन।

प्रथमतः दर्शन हो, दोस्रो सिद्धान्त हो भने नीति, संस्कार र कार्यक्रमहरू परिवर्तित छन् । यो संसार सार कि निसार, सृष्टिविज्ञान, जीवविज्ञान, वनस्पति विज्ञान, ब्रह्माण्ड विज्ञान, जलचर र खगोल भूगोलमात्र होइन, सौर्य परिवारमात्र नभएर शून्याकाशमा असंख्य अनगिन्ति ब्रह्माण्डहरूको वर्णनमा शास्त्रगत आउनुपर्छ । अनिमात्र धर्मदर्शनमा अर्काको सापटी छैन भन्न सकिन्छ। अन्यथा रहर, बल, मनोरञ्जन व्यक्तिले इच्छाएको भरमा धर्मदर्शन प्रतिपादन हुन सक्दैन । कुनैदिन यसै समाप्त हुन्छ । अतः धर्मदर्शनमा दार्शनिक चाहिन्छ । संसारमा पुरुषमात्र दार्शनिक पाइएको छ, विश्वका १२ धर्मदर्शनमा स्त्री दार्शनिकको नाम र दर्शनदाता छैनन् ।

जनजातिवर्गले ईश्वरलाई ‘माङ’ वा तागेरानिङवाभूमाङ भन्छ भने किरात धर्मअन्तर्गत पर्छ । तागेरानिङवाभूमाङ परमेश्वर मान्छ भने धर्मको नाम, संज्ञा पृथक दिएर, पृथक भन्छ भनेपनि परमसत्ता ईश्वरसत्ता ‘माङ’ भनिएकाले अर्को धर्म भन्न मिल्दैन । संज्ञामा युमाधर्म, थेबाधर्म, मुन्धुमधर्म, येहाङधर्म, लिम्बूधर्म, याक्थुङधर्म, राईधर्म, सुनुवारधर्म जसले जो जे नाम लगाएर संस्था दर्ता गरे पनि एउटै धर्मका शाखा प्रशाखा, हांगाबिँगा, पन्थ, मार्ग, समुदाय, सम्प्रदायभित्र पर्छ भनेर जान्नु महŒवपूर्ण कुरा हो । तागेरानिङवाभुमाङका हांगाबिँंगा देवीदेवता वा अवतार, पुनवतार, ईश्वरीय अवताररूपी मुहिगुम अङ्सिमाङ देवांसीहरू र कर्मकाण्डका संस्कारहरू भिन्नभिन्न भएपनि ज्ञानकाण्ड एक, एकदर्शन, एकधर्म, एक ज्ञान, एक सिद्धान्त, एक मार्ग, एक रूप हुन्छ, केवल दार्शनिकताको नैतिकज्ञानले नाम फरक फरक भएमा पनि केही फरक र असर पर्दैन।

वैष्णव धर्ममा षड्दर्शन छ संप्रदाय, कविरपन्थ १२, जसमनी २, श्रीराम २, कृष्णप्रणामी ३, नाम अनेक भएपनि काम एउटै भएकाले उनै परमात्मा परमेश्वर मानेर लेख्ने बेलामा हिन्दु धर्म वा हिन्दु सनातन जनगणनामा एकता शक्ति प्रदर्शन गरेपछि ‘वादे वादे जयते तत्व बोध’ तत्वबोध मूलतŒव नै परममोक्ष, परमतत्व स्पष्ट हो। बुद्धमा महायान, हिनयान, वज्रयान तन्त्रयान, सहजयान भएपनि बौद्ध धर्म लेख्ने, १७ औं कर्मापा, छैंटौं, साब्डुङ, ९ निङमावा, १४ दलाइलामा, बोन, सम्प्रदाय बेगल नाम भएपनि बुद्धधर्म लेखेर एकता गर्छन् । क्रिस्चियनमार्गीले रोमन क्याथोलिक, प्रोटोसियन र अर्थोडक्स भएपनि गणनामा क्रिस्चियन लेख्छन्। त्यसरी नै मुस्लिममा सिया, सुन्नि र सुरी ३ सम्प्रदायमा विभक्त भएपनि जनगणनामा इस्लाम वा मुस्लिम लेखेको पाइन्छ । यही परिपाटी किरात जनजातिमा लागु हुने÷नहुने भन्ने समयकै प्रतीक्षामा छौँ।

२– किरात धर्म, २– युमा धर्म, ३–थेबाधर्म, ४– मुन्धुम धर्म, ५– भोगी धर्म, ६– सत्यहाङमा धर्म, ७– साधुधर्म, ८– लिम्बू धर्म, ९– राईधर्म, १० – सुनुवार धर्म भन्दै जात जाति, थर थरी, वंशपिच्छे धर्म हुनु भनेको दर्शनले निर्देशित नहुनु हो।

उंधो भ्वाङ, उँभो भ्वाङ, वरपर, चारै दिशा, सुनसान शून्यासान्य घोर कालो अँध्यारो थियो, यस्तो अन्धकारबाट तागेरानिङवाभुमाङ परमेश्वर माङले सृष्टि क्रमशः गरेको दार्शनिक औ वैज्ञानिक मुन्धुम सनातनी रहेको छ। सुरुवातमा मेन्साम्गेन नाम्याप्मिसाः, मुजिना खेयङनासाः, युक्पुङगेन सावान्केम्बासा, सावायेत्हाङसा हुँदै सिन, सेन्छेगुम, सेत्छेने सेनिहाङ, साङसभ्यता, सेनमकवान, सानवंश, काःइलासो, कैलाश, कैलात हुँदै किरात किन्नर वा किरेतीभएकाहरू काशी वंश, लाशावंश, ताइस्यानवंशपछि याक्थुङ, लिम्बू, राय, राई भएर १० लिम्बूवान १७ थुम भएको हौं । यक, मिङस्रा, जोङ, मौजा, गढ, थुमथुम, पाङफे पाङफे लिम्बूहरूको घर थर थरी १ घर २ घर मात्र पनि मिङ सङ बसोबासी भएको मानव सभ्यताको क्रम हेर्दा अनौठो लाग्छ।

किरात धर्म दर्शनमा प्रथम आदि मुहिगुम अङसिमा येहाङ पछि लेप्मुहाङ समयमा जलप्रलयपछि कान्देङहाङ समयमा युमासामको पुज्य हुँदै शक्तिको उज्यालो स्रोत युमा इष्टदेवीलाई प्रधान मानिएको कान्देनहाङपछि सिन्युकमा लिपाहाङ राजाले युमाधर्म मान्न सिकाए। लिपाङहाङको मृत्युपश्चात रानी सुयेन्नो सुनुहाङमा महारानी भएपछियुमाधर्म युमासाम्यो राज्यधर्म चलाए ।यस समयदेखि किरात धर्ममा युमा प्रधान हुनगई युमा धर्म प्रचलनमा देखिन्छ। लाशाहाङ युमा धर्मको प्रथम सहिद हुन् भने उबाहाङले हिमाल काटेर ताप्पेजुङ ‘मापाङफे’ मामाङखे भन्ने ठाउँमा आई युमाधर्म प्रचार गर्ने क्रममा थाकथाकु माबोहाङ महागुरु फाल्गुनन्द ‘माःनारा’ युमा रूप अवतरण भएको देखिन्छ।

उबाहाङ स्वयं थाकथाकु माबोहाङ वंशी लाशावंश लाशा ल्हासाबाट युमा, कैरात देश हिमालय पर्वतमा प्रवेश गरेको धर्म मावोहाङ खलक लाशाका शाखा याक्थुङवाहरूको मौलिक धर्म बन्दै, भन्दै आएको देखिन्छ। तर किरात धर्म सनातन भएकाले युमा साम्यो कान्देनहाङकालीनदेखि प्रारम्भ भएको युमाधर्म पनि किरात धर्मको इष्टदेवी हुन । युमाधर्म मान्दैमा युमा भन्दैमा किरातदेखि अलग गराउने दुष्प्रवृत्ति वर्तमानमा बढ्दै गएकामा चिन्ता लागेको छ । लक्ष्मी, सरस्वती, महाकाली पुज्दैमा दोस्रो वा तेस्रो धर्म हुन सक्दैनझैँ जबसम्म किरात धर्मावलम्बी वा युमावालम्बीले तागेरानिङवाभूमाङलाई ईश्वर मानेपछि एउटै धर्म, एउटै शास्त्र, एउटै लिपि, एउटै दर्शन हो भन्ने कुरामा दुई मत हुँदैन।

मुन्धुमविद् एवं ज्योतिर्विद्

प्रकाशित: १८ वैशाख २०७५ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App