२४ वैशाख २०८१ सोमबार
image/svg+xml
डा.चन्द्रकुमार सेर्मा लिम्बू


डा.चन्द्रकुमार सेर्मा लिम्बूका लेखहरु :

फलाहारी बाबाको ‘जल समाधि’

गुरु लोकनाथ जल मात्र पिएर त्यति लामो अनशनमा बसे पनि त्यो कुरा कतै लेखिएन, लेखाउनुपर्छ भन्नेमा म थिएँ। त्यसका लागि उहाँलाई विभिन्न देशको भ्रमण गराउने समेत इच्छा थियो। तर, उहाँले छोरालाई जलसमाधिमा बस्छु भन्ने पत्र लेखेर बिदा हुनुभयो। बिदा मात्र हुनु भएन, उहाँले समाधि लिएको कुरा धेरैले थाहै पाएनन्।

उभौली, संक्रान्ति र संक्रमण

आदिवासी जनजाति किरातहरूको सर्वश्रेष्ठ–सर्वज्येष्ठ महान् चाड माघी वा माघे संक्रान्तिको महत्व अति उच्चकोटि छ। यो प्राचीन ऐतिहासिक पृष्ठभूमिमा छ। पूर्वीय दर्शन वेदाङ्गको छैटौँ अंग मानिने ज्योतिषमा मकर संक्रान्ति वा धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने अर्थात् भूमध्यरेखाबाट उतरतर्फ सूर्य अयन उत्तरायणमा उकालो उँभो आउने प्राकृतिक न्यायिक परम्परालाई नै प्रचलित भाषामा उभौली भनिन्छ।

इतिहासविद् इमानसिंह

जन्ममा १ दिन जन्मोत्सव, मरणमा १ दिन “जयन्ती”लाई जन्मजयन्ती भएर टुंगिने भएझैँ किरात इतिहासकार मुन्धुमविद् इमानसिंह चेम्जोङको जन्म १९०४ जनवरी १ को जन्मले आज ११६ औँ जन्मजयन्ती हो।

किरात धर्मका नौला तरंग

मेन्साम्गेन नाम्याप्मीसाः युक्पुङगेन सावान्केम्बाका सन्तानलाई ‘सावायेत्हाङसाः’ भनिन्छ। मूल मानव मुःजीना खेयङनाको बीज मनातेम्बेबाट फैलिएका मानवशास्त्रले पेकिङ म्यान (पेकिङ मानव) भनी संसार चिनिएका चिनिया, रसियन, मंगोल, चाइनिज, कोरिया, जापान, भियतनाम, ताइवान, थाइलैन्ड, बर्मा, तिब्बत, भुटान, भारत र नेपालमा बसोबास गरेका वर्ग, समुदाय, समाज, जाति, जनजाति एउटै ‘मना’ का शाखा सन्तान हुन्। विश्व मानवशास्त्रका अनुसार ककेसियन, केन्या, जाभा र पेकिङ ४ मनुष्यको संज्ञा लागेपनि मानिसको जात मानिस हो भन्ने कुरामा मानवशास्त्री एकमत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्