धन र बुद्धि। साँच्चै यी दुइटामा कुन ठूलो होला त ? सृष्टिभन्दा अगाडिदेखिका ब्रह्मा, विष्णु, महेश्वर अहिलेसम्म सम्झिरहेका छौँ। सृष्टिपछिका राम लक्ष्मण, सीता, दशरथ युधिष्ठिर, व्यास, नारद, पार्वती र पछि आएर गौतम बुद्ध, अरनिको, भृकुटी जस्तालाई आजसम्म हाम्रो समाजले सम्झँदै आएको छ।
हेर्नोस् त, त्यो बेलादेखि तिनीहरूका महान् विचारले गर्दा नै हो नि ? आजसम्म हामीले तिनलाई सम्झिएको छ भनेपछि बुद्धि जस्तो पनि कहीँ धन हुन सक्छ र भन्छन् कति महामानवहरू। तर हेर्नोस्, यसो विचार गर्दा हो कि जस्तो पनि लाग्छ, के हो नै तर फेरि यो पनि हो नि ? तिनीहरूलाई लाउनखान पर्यो कि परेन ? पर्यो नि। तिनीहरूले आफूले खेती गरेका छैनन्, खेती गर्ने त अर्कै छ। कपडा उद्योग पनि खोलेका छैनन्, कपडा बुन्ने पनि अर्कै छन्।
भनेपछि त्यो त तिनीहरूले किन्नै पर्यो नि, किन्नका लागि धन चाहियो। त्यो मात्रै हैन, पाइला–पाइलामा मानिसलाई धनको आवश्यकता पर्छ। त्यति मात्रै हो र ! बिहान आगो सल्काउन सलाइ किन्नुपर्छ। पहिला आगो नबालिकन कुनै कुरा पनि पाक्दैन। कुनै कुरा पकाउन भाँडा वर्तन चाहिन्छ। भाँडा वर्तन नभए पनि हामीले कुनै कुरा पकाएर खान सक्दैनौँ।
अर्को पानी चाहिन्छ। पानी राख्नका लागि पनी भाँडा वर्तन नै चाहिन्छ। यसरी पहिला मानिस बाँच्नुपर्दछ अनि बल्ल उसले अरू कार्य गर्न सक्छ। र, उसलाई बुद्धि विचारको आवश्यकता पर्दछ। यसो सतहमा हेर्दा त बुद्धि नै ठूलो हो कि जस्तो लाग्छ।
वास्तवमा बुद्धिभन्दा धन नै ठूलो देखिन्छ। कुरा हो पनि मान्नै पर्दछ। यो ब्रह्माण्डमा मानवले महान् महान् कार्य गरेर देखाए संसारलाई उलटपलट बनाउने तागत छन् तिनमा। त्यत्रो बुद्धि विचार छ तिनमा। हेर्नोस्, यो कम कुरा हैन नि ! तर ‘उपाएन हियत्सक्य तन्नसक्र्य पराक्रमै’ भनेझैँ सानो हुकले त्यत्रा त्यत्रा भयङ्कर बस, ट्रक उठाएको हुन्छ।
त्यस्तै यो धन पनि मुख्य जीवन बाँच्ने आधार हो। यो नभए हाम्रो जीवन नै बाँच्न सक्दैन। जीवन नबाँचे कुनै कुराको आवश्यकता नै पर्दैन भनेपछि हाम्रो जीवनमा सबैभन्दा ठूलो धन नै हो रहेछ। जहिले पनि साहित्यकार पत्रकार, न्यायकर्मी, कलाकार, नागरिक समाजले राम्रो कुरालाई राम्रो र नराम्रो कुरालाई नराम्रो भन्नैपर्छ। यदि हामीले यसो गर्न सकेनौँ भने हामीले आफ्नो धर्म राखेनौँ। हामीले आफ्नो धर्म छाड्यौँ। यो नै समाज कल्याणका निम्ति हो। देश कल्याणका निम्ति हो।
यो दुनियाँमा सरकारको विरोध गर्ने र त्यसको समर्थन गर्ने उत्तिकै हुन्छन्। भइरहन्छन्। कहीँ पनि सबका सब समर्थन गर्ने र सबका सब विरोध गर्ने हुन सक्दैनन्। सरकारले सबका कुरा सुन्नुपर्दछ र त्यसले आफूलाई राम्रो लागेका अथवा सल्लाहकारले दिएका असल सुझावहरू कार्यान्वयन गरेको गर्यै गर्न सक्नुपर्दछ। जति जसले विरोध गरे पनि सरकारले असल राम्रा काम गरेको गर्यै गर्न सक्यो भने विरोध गर्नेहरू पनि तिनका काम देखेर भोलि पलक्कै पल्टिएर आउँछन्, आउँछन्। त्यसकारण सरकारले असल राम्रा काम, चाहे जोसुकैले विरोध गरुन् कि जोसुकैले जेसुकै गरुन्, असल राम्रा काम गरेको गर्यै गरेर देखाउन सक्नैपर्छ।
हुन त कतिले यसैलाई नराम्रो गर्यो भन्ने पनि हुनुहुन्छ। उहाँहरूले त्यसो भने पनि मचाहिँ राम्रो गर्यो भन्छु। किनभने अहिले आएर सेयरमा लगानी गर्ने मानिस ४०/४५ लाख मानिस छन्। कति मानिस डुबिराखेका थिए।
एकातर्फ तिनीहरू उत्रने अवसर पाए भने ४०/४५ लाख मानिस खुसी भए नि। तिनका आत्माले तिनलाई आशीष दियो, तिनले सरकारलाई राम्रो गर्यो भन्छन् ४०/४५ लाख जनताले। सरकारले राम्रो गर्यो भन्नु तिनलाई आशाीष दिनु कमको कुरा हो ?
अर्कोतर्फ बैंकमा पैसा थुप्रिराखेको थियो, बैंकले लगानी गर्ने ठाउँ पाएको थिएन। बैंकले लगानी गर्ने ठाउँ पायो। बैंकलाई फाइदा पुग्यो, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा धेरै राम्रो काम भएको छ र अब सरकारले सेयर त्यसै विनाकारण तल झार्ने काम रोक्नुपर्दछ जुन यो सेयर यसरी बढ्न गयो। यसको कारण दुईटा ठूला दलको संयुक्त सरकार भएर चलाउनु पनि हो। यसले के देखाउँछ भने दुईटा ठूला दलप्रति मानिसको भरोसा रहेछ । जनताले भरोसा आधार देखाइरहेका बेलामा सरकारले पनि विकासको ह्विम ल्याउन सक्नुपर्छ।
प्रकाशित: १ पुस २०८१ ०६:११ सोमबार