हरेक पर्व मान्ने आफ्नै तरिका छन् र त्यसअनुरूपका गीत संगीत। तीजमा तिजे भाका हामीले बच्चादेखि सुन्दै आएकाले जति नै आधुनिक भाकाले त्यसलाई सिँगार्न खोजे पनि जहाँ मौलिकता छ त्यसमा मन बस्छ।
बर्सेनि तीजका भाका फेरिएर रिमिक्स र आधुनिक हुँदै गएको भान हुन्छ। पुराना मौलिक भाकाका नारी जातिले दुःख पाएका गीत मात्र हुन्छन् भन्ने धारणासँग पनि पूर्ण सहमत हुन सकिँदैन। किनकि गाउँमा आफ्नो आधा जीवन बिताएर, पानी पँधेरो, ढिकी जाँतो गरेर, हामीलाई पढाएर, हुर्काएर अहिले काठमाडौँ सहरमा बस्ने मेरी आमा पनि रेडियो र टेलिभिजनमा पुराना गीत बज्दा दंग मानेर सुन्नुहुन्छ। उहाँलाई अहिले अरू दिदीबहिनी तीजमा माइत जान पाउने आफूलाई भने सासूआमाले बिदा नदिने चिन्ता छैन तर त्यो बेलाको परिस्थितिले सिर्जना गरेको मौलिकता र यथार्थता आमालाई मन पर्छ।
परम्पराका नाममा रहेको नकारात्मक सोच भत्काउनु छ तर मौलिकतालाई परिवर्तन गरेर होइन, मौलिकता जोगाएर। अहंकारको होइन, संस्कृतिको जगेर्ना गर्नु छ। विरहसँग विरांगनाका कथा कोरिएका हुन्छन्, अहिले आफूमा विरह छैन भनेर त्यसको विरोध गर्नु जरुरी छैन।
नारी जातिले सधैँ दुःख पाउनुपर्छ भन्ने सोच होइन आमाको तर दुःखका दिन पनि थिए अब छैनन् भन्ने धन्यवादको भाव पनि छ जीवनसँग। परिवर्तनको स्वीकार भनेको विगतलाई चट्टै बिर्सनु पनि कहाँ हो र ? आफ्नो संस्कृतिलाई वर्तमान र विगतका ती विभिन्न कला, चलन, भाषा, साहित्य र विचारले प्रतिबिम्बित गर्दछ। आफ्नो संस्कार आफ्नासँग जोडिएको आत्मियता र मौलिकपनमा छिपेको हुन्छ जुन सजिलै परिवर्तन हुँदैन। तीजको भाका आधुनिक हुँदैमा नेपालीपन र पहिचान फेरिँदैन। व्यवहार र पहिरन फेरिँदैमा मौलिकता भुल्न सकिँदैन। मानव सभ्यताको विकासमा आफ्नो सम्पदा र पहिचान सँगै रहे मात्र रीतिरिवाज र परम्पराको महत्त्व वैज्ञानिक र व्यावहारिक दृष्टिले आत्मसात गर्न सकिन्छ।
परम्पराका नाममा रहेको नकारात्मक सोच भत्काउनु छ तर मौलिकतालाई परिवर्तन गरेर होइन, मौलिकता जोगाएर। अहंकारको होइन, संस्कृतिको जगेर्ना गर्नु छ। विरहसँग विरांगनाका कथा कोरिएका हुन्छन्, अहिले आफूमा विरह छैन भनेर त्यसको विरोध गर्नु जरुरी छैन। सोच र विचारसँग जीवनलाई जोडेर होइन कि जीवनमा कस्ता सोच र विचार कहाँबाट कसरी उत्पन्न हुन्छन् त्यसको कारण खोज्नु छ। किनकि जीवनलाई र जीवनका यथार्थतालाई स्वीकार्न नसक्नु तर्क र विरोधमा उत्रिनुको परिणाम हो। जीवन अंकगणितले चल्दैन न त संस्कृति र परम्परालाई अंकगणितमा ढालेर परिवर्तन गर्न सकिन्छ। परिवर्तनमा आएको अंकगणितलाई भने साक्षी भएर हेर्न सकिन्छ।
बिहे गरेका महिलाले शिवजीको आराधनामार्फत श्रीमान्को दीर्घायु, सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाहरू सज्जन, सुसंस्कृत श्रीमान् पाउँ भनी शिवजीको आराधना गर्ने प्रचलनको किंबदन्ती भए पनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा र प्रकृति र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ यो संस्कृतिबाट। अर्कोतर्फ रंग हाम्रो शरीरमा तरंग/संवेदना उत्पन्न गर्ने महत्त्वपूर्ण पक्ष हो।
तीजका गीतमा नारीका दुःख र वेदनाका गीत मात्र होइन, भगवान्का प्रार्थना र समाज अनि सोच परिवर्तनका आवाज पनि हुन्छन्। सहरमा बस्नेको सोच र पहिरन परिवर्तन हुँदैमा समग्र संस्कृति परिवर्तन भयो भन्ने पनि हुँदैन। विगतको परिस्थितिलाई पितृसत्तासँग जोड्दैमा नारीहरूको सशक्तीकरणको मापन हुने पनि होइन।
पितृसत्ताका कारण छोरी पढाइएन भन्दा पनि त्यो समय जहाँ छोरी पढाउने वातावरण पनि थिएन। मेरी आमा भन्नुहुन्छ–बुबा महान्यायाधिवक्ता हुनुभयो तर मैले पढिन। मलाई स्कुल पठाउन नचाहेर होइन कि त्यतिबेलाको परिस्थिति त्यस्तै नै थियो। घर नजिक स्कुल थिएन। दाइहरू जस्तो घर बाहिर गएर डेरा गरेर पढ्न सक्ने वातावरण थिएन। मलाई आमाले घरमै अक्षर चिनाउनुभयो, किताब पढाउनुभयो। घरमै गुरुबा राखेर पढाउनु पनि भयो तर स्कुल कलेजको डिग्री हातमा भएन। त्यसमा कुनै दुःख छैन, म पढेको भए सचिव, मन्त्री हुन्थेँ भन्ने पनि छैन किनकि जुन परिस्थितिमा हामी हुर्कियौँ, पढ्यौँ, बढ्यौँ, बिहे दान भयो अर्कै खुसीको माहोल थियो। कुनै प्रतिस्पर्धा र खिचातानी थिएन। सहज, सरल र आनन्दको जीवन थियो। बुबाहरू घर बाहिरको व्यवहार हेर्नुहुन्थ्यो। आमाहरू घरभित्रको। कामको बाँडफाँट थियो, जिम्मेवारीको बाँडफाँट थियो। सुखको जीवन थियो।
व्यक्तिको समग्र विकास, नेतृत्व क्षमताको विकास, शारीरिक र मानसिक स्वस्थको स्वस्फूर्त विकासका लागि व्यक्तिगत आचरण र जीवनशैली कसरी विकास भएको छ त्यसमा ध्यान दिइनुपर्दछ।
आमाको समयको घास, दाउरा, पानी पँधेरो, मेलो पैँचो आफैंमा गृहस्थ र पारिवारिक सुखको माहोल थियो जुन आज पनि आमा हामीलाई बताउँदा खुसीको अनुभूति गर्नुहुन्छ।
अर्कोतर्फ, तीजको समयमा हाम्रा आमा, दिदी÷बहिनीहरूको उमंग, उहाँहरूको रंगीचंगी पहिरन र शृंगारबाट सजिलै अनुमान गर्न सकिन्छ। विशेषगरी रातो पहिरन, हातभरि राता चुराहरू, गलामा रातो पोतेहरू अनि सिउँदोमा रातो सिन्दुरमा सजिएका महिलाले आफ्नो सौभाग्यका रूपमा प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ। बिहे गरेका महिलाले शिवजीको आराधनामार्फत श्रीमान्को दीर्घायु, सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाहरू सज्जन, सुसंस्कृत श्रीमान् पाउँ भनी शिवजीको आराधना गर्ने प्रचलनको किंबदन्ती भए पनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा र प्रकृति र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ यो संस्कृतिबाट। अर्कोतर्फ रंग हाम्रो शरीरमा तरंग/संवेदना उत्पन्न गर्ने महत्त्वपूर्ण पक्ष हो।
हाम्रो धर्म, संस्कृति, आस्था र अनुशासन बाँकी रहे मात्र हाम्रा सन्तानले सही संस्कार सिक्न सक्ने हुँदा अबको पुस्ताका लागि हामी के संस्कार छाड्न चाहन्छौँ भन्नेतर्फ सबैको ध्यान जानु जरुरी हुन्छ।
भावनात्मक हुने र प्रार्थनामा डुब्न सक्ने स्वभाव पुरुषको कमै हुने हुँदाा महिलाहरू यस क्षेत्रमा अगाडि देखिएका हुन सक्छन् अन्यथा महिलाले नै व्रत बसिदिनुपर्ने भन्ने बाध्यात्मक अवस्था भने होइन। व्यक्तित्व विकासको सवाल र सहअस्तित्वमा महिला र पुरुष भन्ने भेद हुँदैन। एउटा समाजको विकासमा त्यस समाजका महिला पुरुष सबैको आचरण र चेतनाले काम गरेको हुन्छ। व्यक्तिको समग्र विकास, नेतृत्व क्षमताको विकास, शारीरिक र मानसिक स्वस्थको स्वस्फूर्त विकासका लागि व्यक्तिगत आचरण र जीवनशैली कसरी विकास भएको छ त्यसमा ध्यान दिइनुपर्दछ।
एउटा व्यक्तिले पाउनुपर्ने असल संस्कार, शिक्षा, चेतना जागरणको निरन्तरता, जिम्मेवारीबोध र कर्तव्यपराणयता थाहा नभएको अर्थात् पहुँच नपुगेको व्यक्तिले न आवाज उठाउन सक्दछ न त समाजमा योगदान दिन नै। हाम्रो धर्म, संस्कृति, आस्था र अनुशासन बाँकी रहे मात्र हाम्रा सन्तानले सही संस्कार सिक्न सक्ने हुँदा अबको पुस्ताका लागि हामी के संस्कार छाड्न चाहन्छौँ भन्नेतर्फ सबैको ध्यान जानु जरुरी हुन्छ।
प्रकाशित: २० भाद्र २०८१ १०:२६ बिहीबार