४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
विचार

पर्यटनको चित्र

नेपालमा विगतका तुलनामा हिजोआज चिन्तनमननमा ह्रास आएको भनिन्छ। यदि यो कुरा वास्तवमा नै हो भने चिन्ताको विषय हुनु स्वाभाविक हो। पर्यटन विषयकै कुरा गरौँ । यदि अतिशयोक्ति हुँदैन भने पर्यटन क्षेत्रमै पनि स्वाभाविक निरन्तरताबाहेक यसको अभिवृद्धि, संभावना र आवश्यक प्रचारप्रसारबारे खास केही भइरहेजस्तो – नयाँ नयाँ नारा/उद्घोष/कार्यक्रम भएको सुनिन्न। बरु राष्ट्रिय ध्वजाबाहकको दुर्गति, बढ्दो हवाई दुर्घटना, ठूलो आशासाथ हेरिएको दुईवटा थप अन्तर्राष्ट्रिय विमानस्थलबारेको निराशा र पर्यटन प्रवद्र्धन गर्ने निकायकै दुर्दशाबारे नै सञ्चार साधनमा बग्रेल्ती प्रचारबाजी छ। यसबीच, निजी लगानीका अन्तर्राष्ट्रियस्तरकै पाँच/सात तारे दर्जन होटेल सम्पन्न वा निर्माणमा रहेको जस्तो हर्ष लाग्ने कुरासमेत पर्याप्त उपयोग नहुनाका कारण समस्याका सूचीका थप विषय बन्नु अवश्य चिन्ताको विषय हो।

‘‘यी निराशालाई चिरी नेपाली पर्यटनलाई आशापूर्ण अर्को तहमा पुर्‍याउन सकिन्छ कि?’’ भन्ने घोत्ल्याइमा यो लेखको विषयवस्तु केन्द्रित छ। हाल स्वयं सक्रिय नरहेकाले दैनन्दिनरूपमा सूचित नरहे पनि हाम्रो आफ्नो पर्यटन सञ्चार मुलुक बाहिर त्यति सक्रिय र पर्यटक आकर्षित गर्नेखालबाट भइरहेको भने महसुस हुँदैन। राष्ट्रिय ध्वजाबाहकको दयनीय अवस्था यसको एउटा मुख्य कारण हो भने उसको देखासिकीले पनि अन्य धेरै नाम चलेका हवाई सेवा पनि प्रतिस्पर्धामा उत्रने थिए र त्यसको लाभ हाम्रो पर्यटन क्षेत्रले पाउने थियो।

राजधानी शहर काठमाडौँको भित्री शहरी क्षेत्र (कोर) केही सय वर्षअघि नै तत्कालीन सिप, शिल्प र वास्तुकलाका आधारमा बनेको हो। भक्तपुर, ललितपुर र काठमाडौँ तीनवटै शहरका मूर्ति, मन्दिर र तिनका वास्तुकला र काष्ठकला सयौँ वर्ष पुरानै हुन्। तिनको व्यापक प्रचारसँगै हामीले काठमाडौँ उपत्यकाको अत्यन्त सुखद, रमाइलो र ‘सबै ऋतु एकै रहने’– न जाडो न गर्मी, मौसमलाई जोडेर किन प्रचार नगर्ने रु ‘यस्तो मौसमका बीच, त्यसमा रमाइ रमाइ बाह्रै महिना चौबीसै घण्टा दक्षिण एशियाकै एउटा पृथक मूर्त वास्तुकला, काष्ठकला र चित्रकला/पौवाको अतुलनीय दृश्यावलोकनको मज्जा’ भनी व्यापक प्रचारप्रसार किन नगर्ने रु वास्तवमै विश्वमै विरलै यस्तो शहर होला, जहाँ मौसम, अवलोकनीय वस्तु र मानव संसोधनको संयोजन होस्। उपत्यकाका तीनै शहरका निर्वाचित प्रतिनिधिहरू आआफ्ना शहर अझ आकर्षक बनाउन प्रयासरत रहेकै छन् र सुधार पनि हुँदो छ।

मनमोहक वर्णनसहितको प्रचारसाथ बढी पर्यटक नेपाल आउने मुलुकलाई प्राथमिकता दिइ विविध माध्यमबाट उपयुक्त समय र स्थान निक्र्योल गरी सरकारी/गैरसरकारी स्रोतसाधन समेटी कमसेकम वर्षैभरि ती मुलुकमा प्रचार गरौँ न। नेपाली पर्यटनको दृष्टिकोणमा राजधानीका ती तीन शहरको ‘विज्ञापन’ पछि, संभवतः हिमालहरू नै प्राथमिकतामा पर्लान्। हिमालबारे ख्यातिप्राप्त पर्वतारोहीहरूको नाम नामेसीसहितको महत्त्वपूर्ण/रोचक कथन व्यापक प्रचारमा ल्याउँ। त्यसले तत्तत् मुलुकका बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्ला नि नेपाल भ्रमणमा आउन !

हामी चिकित्सा पर्यटनको संभावनाको रट लगाउँछौँ। हाम्रा पदमार्गहरू विश्वका उत्कृष्टमध्येका सूचीमा पनि पर्छन्। लामो, छोटो, मध्यम दूरीका पद मार्ग यत्रतत्र छन्। तिनलाई वर्गीकृत गरी, अन्नपूर्णलगायतमा राष्ट्रिय पदयात्री तथा इच्छुक पर्यटकको सहयोगमा ‘के कति दिन कुन मार्गमा यात्रा गर्दा कति दिनमा कुन तौलको पुरुष/महिलाको कति मोटोपन (वजन) घट्यो, कुन खाना कति लिने र कति प्रभावकारी रह्यो रु’ भन्ने शृंखलाबद्ध अध्ययन गर्दा कसो होला रु त्यसतर्फ हालसम्म प्रारम्भिक सोच भएजस्तो पनि लाग्दैन। यत्राविधि मेडिकल कलेज छन्, पदयात्रा मार्ग नजिकका कलेजका शिक्षक/विद्यार्थी मिली एक दुई वर्ष लगाई दुई चारवटा त्यस्ता अध्ययन/सर्भे गरौँ। नतिजाहरू स्वदेशी/विदेशी चिकित्सा जर्नलमा प्रकाशित गरौँ। नेपालमा पर्यटनका लागि आउने मुख्य मुलुक अमेरिका, बेलायत, फ्रान्स, इटाली, जापानलगायतका स्तरीय पर्यटकको संख्या स्वतः बढ्न थाल्नेछ।  

मोटोपन अहिले विश्वको एउटा ‘महारोग’ भएको छ। मोटोपन घटाउन उत्कृष्ट पर्यटकको साथ लागी तिनको हेरचाह गर्ने नजिकका व्यक्ति पनि तानिने छन्। खोइ त्यसतर्फ पर्यटन प्रवद्र्धन निकायको ध्यान गएको रु त्यसले आतिथ्यमा कहलिएको सहज नेपाली बानी बेहोराले उपचारको अन्य विधामा पनि बिदेशीहरू आकर्षित हुनेछन्। राम्रो कमाइ भएका र शान्त र मनोरम वातावरणमा कोही जीवन नै बिताउन चाहन्छन् भने तिनलाई उपयुक्त कानुनी व्यवस्था गरी स्वागत गरौँ। अर्काको मुलुकमा सेवा सुश्रुवा गर्न युवा युवतीलाई पठाउनु भन्दा त्यही सेवा नेपालमा प्रदान गरी अर्थतन्त्रको अन्य क्षेत्रलाई पनि टेवा पुर्‍याऔँ। संँगसंँगै, संभवतः मुलुुककै ‘पर्यटक राजधानी’ घोषित पोखरा, धेरै प्रचारित सौराहा (चितवन) र बर्दिया, घोरपाटन शिकारस्थल, विभिन्न स्थलका पाराग्लाइडिङ र नदी बहार (रिभर र्‍याफ्टिङ्ग) र अन्य साहसिक खेलको व्यापक प्रचारप्रसारले अवश्य पर्यटक संख्या बढाउन धेरै महत्त्व राख्नेछ।

छलफल अघि बढाउँदा दुईवटा विषयमा ध्यान आकर्षित भयो। पहिलो, हामीले पर्यटनबारे मुलुकभित्रै व्यापक छलफल अघि बढाउँदै नयाँ राष्ट्रिय गुरुयोजना तर्जुमा गर्ने बेला पनि भयो कि रु पर्यटन गुरुयोजना बनेको पनि धेरै वर्ष भयो र त्यसबीच नेपाल र विश्वमै धेरै परिवर्तन आएका छन्– दृष्टिकोण र विचारमा। त्यसतर्फ पनि ध्यान दिने हो कि, नयाँ हर्क गुरुङहरू पनि उदाउँछन् कि ?

दोस्रो, विशेषतः नेपालका लागि तत्काल तथा भविष्यपर्यन्तका लागि पर्यटन क्षेत्र एउटा अत्यन्त महत्त्वपूर्ण गतिविधि, साधन र स्रोत हो। नेपालको स्वाभिमान र सार्वभौमिकताको रक्षाको प्रश्न र आयामसँग जोडी पर्यटन गतिविधिलाई अझ गंभीरतासाथ लिइनु आवश्यक छ। साँघुरिँदै गएको विश्व सन्दर्भ र हाम्रा लागि ऐतिहासिक र यथाकालको वस्तुस्थितिका कारण पनि यो महत्त्वपूर्ण छ। तर हाल नेपालमा यस विषयलाई त्यति नै गहनतासाथ हेर्ने र सञ्चालन गर्ने गरिमाको पर्यटन नेतृत्व, त्यस्तै संगठन र चुस्त/दुरुस्त कार्य पद्धति रहेको पटक्कै महसुस हुँदैन। त्यसतर्फ ध्यान जानु जरुरी छ।  

प्रचार प्रसारकै कुराको सिलसिला। हालसालै बर्दियाको बुरहान जंगल क्याम्पलाई अत्यन्त महत्त्वका साथ ‘यस वर्ष पुग्नैपर्ने विश्वको सय स्थानमध्ये एक’को संज्ञा दिइएको छ। कोही प्रभावशाली कलम भएको व्यक्ति त्यहाँ पुग्यो, रमायो र उसले त्यसलाई त्यो पंक्तिमा राख्यो। तर पंक्तिकारको विचारमा विश्वका यस्ता सय ठाउँमध्ये बुरहानलाई गन्तव्यका रूपमा चुन्न कमसेकम निजले नेपाली पर्यटनको अलिकति मात्र भए पनि सकारात्मक चित्र बनाइसकेको हुनुपर्दछ। अनि मात्र कुनै पनि व्यक्ति बर्दियाको सो थलोबारे आकर्षित हुन्छ।

पर्यटन प्रवद्र्धनका लागि अन्य दुई क्षेत्र पनि महत्त्वपूर्ण छन्। अब ढिलो नगरौँ। अचम्मसाथ वर्षौंदेखि अलमलिएको वायु सेवा क्षेत्रमा नियामक र सेवा संस्था अलग्याउने कार्य युद्धस्तरमा अघि बढाऔँ। थप जोखिम ननिम्त्याऔँ। साथै, नेपाल वायु सेवा निगमलाई झण्डै उठ्नै नसक्ने गरी हामीले थिल्थिल्याएका छौँ। हाम्रो सरकारी क्षेत्रले यसको सञ्चालनमा आफ्नो पूर्ण अयोग्यता – चिनियाँ जहाज किन्नेदेखि वाइडबडीसम्ममा ‘राम्ररी’ प्रदर्शन गरिसकेको छ। अब राम्रो सोचविचारसाथ कुनै इच्छुक नाम चलेको विदेशी हवाई कम्पनीलाई केही वर्षका लागि यसको बागडोर सुम्पिए हुन्छ। नेपाल वायु सेवाको आन्तरिक सेवा बन्द गरिदिए हुन्छ, निजी क्षेत्रले नै त्यसको भार सम्हालिसकेको छ।

त्यस्तै, यही २०८१ साल वर्षायामको सार्वजनिक यातायातका दुर्घटनाले पनि ‘नेपालमा सडक यातायात सुरक्षित छैन्’ भन्ने प्रचार हुनु असम्भव छैन। सडक तथा यातायातको दरो नियमन पनि आवश्यक भइसकेको छ। यथाशीघ्र एउटा बलियो स्वायत्त संगठन बनाइ उक्त कार्य सुम्पिँदा मुलुकको हितै हुनेछ। त्यसले वर्तमान सार्वजनिक यातायातको अव्यवस्था निर्मूल गरी संगठित संस्थाहरूद्वारा मात्र सार्वजनिक यातायात सञ्चालन हुन पाउने, नेपाली तथा विदेशी पर्यटकलाई मुलुक आकर्षक बनाउने र के÷कस्ता सवारी हाम्रा सडकयोग्य छन्, दुर्घटनाबाट मुक्त रहन सक्छन् भन्नेसम्मको सोच गरी आवागमनको अनुमति दिने व्यवस्थासम्म पनि मिलाइनुपर्दछ। अहिलेको यथास्थितिवादबाट अब मुलुक चल्दैन।

लुम्बिनीबारे थप कुरा गरौँ। लुम्बिनी नेपालका लागि सगरमाथा जस्तै महत्त्वपूर्ण स्थल हो। जनकपुरधाम र मुक्तिनाथ पनि महŒवपूर्ण हुन्। छोटोमा भन्नुपर्दा, जनकपुरधाम र अयोध्या रेलमार्गबाट जोडिने जुन चर्चा छ, त्यो कति सफल होला, भएमा राम्रै हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगे, त्यसपछि मुक्तिनाथले अलग्गै महत्त्व कमाएको छ हिन्दु धार्मिक पर्यटनको क्षेत्रमा। त्यसको फाइदा लिन हामीले भारतमा व्यापक प्रचारप्रसार गरेर भारतसँग भएको ठूलो व्यापार घाटालाई दशमलव तहमा भए पनि पूर्ति गर्न खोज्नुपर्दछ। आशा गरौँ, रेल मार्ग चालु भएमा जनकपुरधामले पनि भारतीय पर्यटकलाई नेपाल आउन थप सहयोग पुर्‍याउनेछ। तर रेल त भारतबाटै आउने होला। जनकपुर–जयनगर रेलले त त्यो थप यातायात धान्न सक्दैन होला।

नेपालको विकासको ढोका खोल्ने एउटा महŒवपूर्ण स्रोत लुम्बिनीप्रति अहिलेसम्म पर्याप्त ध्यान पुगेको छैन भन्न हिच्किचाउन पर्दैन। जसरी लन्डन (बेलायत) लाई निरन्तर एउटा पर्यटक थलोका रूपमा लिइन्छ, त्यसरी लुम्बिनीलाई बौद्धहरूको थलोका रूपमा विकास गर्न सकिन्छ। सोच गरौँ। पंक्तिकार यसलाई आकस्मिक ठान्दैन, यो नियोजित नै हो। हल्लै हल्लामा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो तर त्यसलाई सञ्चालनमा नल्याउनमा नेपालको आफ्नै गैरजिम्मेवारी छ। भारतसँग थप त्यो हवाई मार्ग लिन सक्दैनौँ भन्ने हुँदाहुँदै भैरहवा बिमानस्थल किन बनाएको रु बनाएपछि भारतसँग त्यो प्रवेश मार्ग लिन किन नसकेको रु (लुम्बिनी नजिकै भारतले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ, भारत भ्रमणमा आउने विदेशी पर्यटकसमेत उक्त विमानस्थलको प्रयोग गरी स्थल मार्गबाट सीमा नाका पार गरी, लुम्बिनीको दर्शन गरी, सोही दिन फर्कन्छन्) भैरहवामा हामीलाई अन्तर्राष्ट्रिय उडान गर्न दिन भारतलाई सुरक्षा खतरा हुन्छ भने उसको आफ्नै अन्तर्राष्ट्रिय उडानले खतरा हुँदैन रु साँच्चै भारतलाई विदेशीहरूबाट खतरा नै हो भने लुम्बिनीको सीमा नाकालाई सबै विदेशीको पुहँचबाट बाहिर राख्नुपर्दछ, छिमेकीको सुरक्षा चासोलाई ध्यानमा राखी। त्यही गरौँ हामीले।

अझै लुम्बिनीकै कुरा गरौंँ। कहीँ नपाइएको बदनाम व्यक्ति छानेर लुम्बिनीको अध्यक्षता सुम्पिइन्छ। यहाँसम्म कि लुम्बिनीसँग जोडिएको महत्त्वपूर्ण अर्को तीर्थस्थल झण्डै झण्डै कौडी मूल्य नभएको कम्पनीलाई वर्षौँवर्ष सुम्पने सम्झौताको तयारी हुन्छ, सार्वजनिक हुन्छ। तर त्यही व्यक्ति दण्डित हुँदैन, र निरन्तरतासमेत पाउँछ। वास्तवमा लुम्बिनीको प्रचारप्रसार राम्ररी गर्ने हो, ‘आवतजावत सुगम, भरपर्दो र खतरामुक्त छ’ भन्ने सन्देश मात्र पुर्‍याउन सक्ने हो भने अब लुम्बिनीमा मात्र वर्षको दश/बीस लाख बढी पर्यटक भिœयाउन कुनै गाह्रो पर्दैन। जापान साथै दक्षिण पूर्वी एसियाका कैयन् मुलुकका जनसंख्या बुद्ध धर्माबलम्बी छन् र मुसलमानका लागि मक्काझैँ उनीहरूलाई ‘जीवनमा एक पटक बुद्ध जन्मस्थल लुम्बिनी पुग्न पाए हुन्थ्यो’ भन्ने ठूलो मनसुवा रहेको थाइल्यान्डमा पंक्तिकारले तीन दशकअघि गरेको सानो सर्भेले पनि उद्घाटित गरेको थियो।

अचम्म लाग्छ। करिब ४६ वर्षअघिको कुरा हो। पंक्तिकार वासिङ्गटन डिसीस्थित विश्व बैंकको मुख्य कार्यालय पुग्दा नेपाल डेस्क हेर्ने महिला अधिकृतसँग प्रसङ्गवश लुम्बिनीको विकासको कुरा गर्दा ‘तिमीहरू जापानसँग किन कुरा गर्दैनौ, उनीहरू अवश्यै इच्छुक होलान्’ भनेको राम्रो सम्झना छ। साँच्चै, हामीले यस्तरी जापानसँग सहकार्य गर्दा लुम्बिनीलाई किन सदा नै अलग्गै राखेको रु त्यहाँको निजी क्षेत्र पनि त आकर्षित हुन्थ्यो होला रु हामी लुम्बिनीमा चुकेका होइनौँ रु कि यो जानाजानी हो ? 

प्रकाशित: ११ भाद्र २०८१ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App