६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

पहिरो न्यूनीकरणको प्राकृतिक विधि

प्राकृतिक र मानव निर्मित कारणले नेपालको विभिन्न क्षेत्रहरूमा पहिरो बढिरहेको विभिन्न अध्ययनले देखाएका छन्। पहिरोविज्ञहरूका अनुसार ढुंंगा, माटो वा चट्टानले बनेको जमिनको भिरालो भाग खस्ने वा चिप्लिने प्रक्रियालाई पहिरो वा भूस्खलन भनिन्छ। 

सडक विस्तार, अत्याधिक वर्षा, अव्यवस्थित विकास पूर्वाधार, भूकम्पलगायतका कारण पहाडी भू–भागमा पहिरोको जोखिम बढेको छ। २०७२ वैशाख १२ को भूकम्पको पहिलो दिन मात्र दुई सय वर्षमा गएको भन्दा बढी पहिरो गएको विज्ञहरूको दाबी छ । सो भूकम्पका कारण २१ हजार भन्दा बढी पहिरो गएका अनुमान छ।

नेपालको विशेषगरी पहाडी तथा हिमाली क्षेत्रहरूमा ग्रामीण सडकको विस्तारसँगै पहिरो पनि बढ्दै गएको देखिन्छ। अन्यन्त्रित सडक विस्तार, असारे चटारो, बजेट सक्ने हतारो भने जस्तो वर्षभरिका लागि विनियोजन भएको अधिकांश बजेट असारमा, त्यही पनि सडक विस्तारको काममा प्रयोग हुने परिपाटीका जोखिम बढिरहेका छन्। 

पछिल्लो समय विशेषगरी गाउँघरमा निजी तथा सार्वजनिक हरेक भौतिक संरचना निर्माणमा सिमेन्ट, रड, गिट्टी बालुवालगायतका सामग्रीको प्रयोग बढिरहेको छ । संरचना निर्माणमा मात्रै नभएर पहिरो नियन्त्रणका लागि समेत सिमेन्ट, रड, गिट्टी बालुवाको प्रयोग बढिरहेको छ । 

एकातिर जमिनको उपयुक्तता, क्षमता, भूबनोटको आंकलन, वातावरणीय प्रभाव मूल्यांकन नै नगरी ठुल्ठूला गह्रौँ आधुनिक मेसिनहरूको प्रयोगले भूगोल कमजोर हुँदै गइरहेको छ भने अर्काेतर्फ सडक विस्तार गरेपछि ढलनालको उचित व्यवस्थापन, कटिङ गरेको भागमा टेवा पर्खाल तथा प्राविधिक तौरतरिकाबाट बायोइन्जिनियरिङलगायतका काम नहुँदा केवल नयाँ पहिरो सिर्जना गर्ने माध्यम मात्र बनिरहेको अवस्था छ।

पछिल्लो समय विशेषगरी गाउँघरमा निजी तथा सार्वजनिक हरेक भौतिक संरचना निर्माणमा सिमेन्ट, रड, गिट्टी बालुवालगायतका सामग्रीको प्रयोग बढिरहेको छ । संरचना निर्माणमा मात्रै नभएर पहिरो नियन्त्रणका लागि समेत सिमेन्ट, रड, गिट्टी बालुवाको प्रयोग बढिरहेको छ । यी निर्माण सामग्रीहरू प्रयोगले शतप्रतिशत विपत्ति ल्याएको भने पक्कै पनि होइन तर जमिनको भारवहन क्षमता, उपयुक्तता र भूबनोटलाई मध्यनजर गरी प्रयोग नगरिँदा समस्या भने अवश्य देखिएको हो।

कतिपय अवस्थामा यी विषयलाई बेवास्ता गरी गरिएको न्यूनीकरणका कामहरूले थप जोखिम निम्त्याइरहेको उदाहरणहरू हामीसँग प्रशस्त नभएको भने होइन।

पहिरो न्यूनीकरण र नियन्त्रण प्राकृतिक पद्धतिद्वारा पनि गर्न सकिने अभ्यास र नेपालमा यसको सफलताको कथाबारे जानकारी गराउने उद्देश्यले धरान, धनकुटा अध्ययन भ्रमणबाट भएको सिकाइका आधारमा यो लेख तयार गरिएको छ।

कतिपय अवस्थामा अल्पीकरणको काम आजको भोलि नै काम गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा वृक्षरोपणले तत्काल काम गर्न सक्दैन। समय अन्तरालमा निर्माण संरचनाको प्रभावकारिता घट्दै जान्छ भने वृक्षरोपणको बढ्दै जान्छ। फलस्वरूप यी दुवैको प्रभावकारी संयोजनबाट न्यूनीकरण र अल्पीकरणको काम गर्दा दिगो, भरपर्दो, वातावरणमैत्री, स्थानीय स्रोतसाधन र सिपको उपयोग हुने हुँदा पक्कै पनि प्रभावकारी त हुने नै भयो।

यो दृष्टिकोणबाट यी विपद् इन्जिनियरिङ विधिद्वारा आवश्यक पर्ने स्थानमा निर्माण सामग्री प्रयोग गरेर न्यूनीकरणको प्रयास गर्नु उचित हुन्छ। तापनि इन्जिनियरिङ विधि, पद्धति र मापदण्डबिना जथाभावी प्रयोग गरिने सामग्री र अन्धाधुन्ध निर्माणको कार्यले झनै ठूलो समस्या निम्त्याइरहेको प्राविधिकहरू बताउँछन्। 

सिभिल संरचनाका साथसाथै साना र कम गहिरो पहिरोहरूमा प्राकृतिक विधि (बायोइन्जिनियरिङ) विधिद्वारा पनि पहिरो न्यूनीकरण गर्न र वातावणीय संरक्षण गर्न सकिने अभ्यास रहेछ। पहिरो न्यूनीकरण र नियन्त्रण प्राकृतिक पद्धतिद्वारा पनि गर्न सकिने अभ्यास र नेपालमा यसको सफलताको कथाबारे जानकारी गराउने उद्देश्यले धरान, धनकुटा अध्ययन भ्रमणबाट भएको सिकाइका आधारमा यो लेख तयार गरिएको छ।

भ्रमणमा धरान–धनकुटा सडकमा गरिएको बायोइन्जिनियरिङ कार्य र पहिरो न्यूनीकरणको सिकाइबाट रसुवा र सिन्धुपाल्चोकमा गर्न सकिने नयाँ प्रयासका लागि उपयोगी हुने उद्देश्यले सम्बन्धित स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागीता थियो।

केही हप्ताअगाडि पूर्वी नेपालको धरान–धनकुटा सडक निर्माणसँगै गरिएको बायोइन्जिनियरिङ (वनस्पति र सिभिल संरचनाको संयुक्त प्रयासबाट कम गहिरो पहिरो र भूक्षयको संरक्षण) अभ्यास अवलोकनको अवसर मिलेको थियो। 

अध्ययन भ्रमण सिन्धुपाल्चोकको बाह«बिसे, भोटेकोसी र रसुवाको उत्तरगया, नौकुण्ड गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि कार्यरत प्रतिबद्ध परियोजनाको आयोजनामा भएको थियो। भ्रमणमा धरान–धनकुटा सडकमा गरिएको बायोइन्जिनियरिङ कार्य र पहिरो न्यूनीकरणको सिकाइबाट रसुवा र सिन्धुपाल्चोकमा गर्न सकिने नयाँ प्रयासका लागि उपयोगी हुने उद्देश्यले सम्बन्धित स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागीता थियो।

धरान–धनकुटा सडक सन् १९८४ देखि १९९० सम्म निर्माण भएको रहेछ। सडक निर्माणका कारण हुन सक्ने पहिरो अर्थात भूक्षय रोक्ने उद्देश्यले निर्माण कार्य थालिएदेखि नै भूसंरक्षण कार्यको नामबाट नयाँ अभ्यास थालनी भएको रहेछ। 

अहिलेको परिवेशमा पुरानो जंगल र बायोइन्जिनियरिङ गरेका ठाउँहरू छुट्याउनै नसकिने गरी सबै घना जंगलमा परिणत भएका छन्। केही स्थानमा भने अव्यवस्थित ग्रामीण सडक विस्तारका ससाना समस्या देखिएको छ। 

सडक निर्माणका कारण माटो बगेर भूक्षय हुने, पहिरो जाने समस्या नआओस् र समस्या आएपछि समाधानका लागि थुप्रै लगानी गर्न नपरोस् अनि कुनै प्रकारको मानवीय, प्राकृतिक तथा आर्थिक क्षति नहोस् भनेर समस्या हुनुअगाडि नै त्यसको उचित व्यवस्थापनको कार्य थालिएको रहेछ। जसअनुसार प्राविधिकहरूको प्रत्यक्ष सहभागिता र निगरानीमा सडकखण्ड (आवश्यक क्षेत्रहरू) मा बायोइन्जिनियरिङ कार्य गरिएको रहेछ।

विज्ञ शंकर राईका अनुसार सिभिल संरचनासहित जमिनमा हुर्कन सक्ने र पानी व्यवस्थापन तथा माटो संरक्षणमा सहयोग पुग्ने रैथाने प्रजातिका बिरुवा रोपिएको रहेछ, त्यो पनि इन्जिनियरिङ पद्धतिबाटै। सिभिल संरचना र बिरुवाले प्रभावकारी ढंगले जमिनमा संरक्षणको काम गरेपछि उक्त क्षेत्रमा पहिरो नगन्य मात्रामा गएको पाइयो। त्यही कारण कुनै समय सुक्खा र भूक्षय भैरहेको जमिनमा हाल असाध्यै हराभरा जंगल भएको रहेछ। 

 प्राविधिक मापदण्डअनुसार गरिएको वृक्षरोपण र संरचना निर्माणको कार्य सँगसँगै र प्राविधिक ढंगले गर्दा उक्त सडकखण्ड सबैभन्दा कम पहिरो गएको अर्थात सुरक्षित खण्डमा पर्दोरहेछ। 

अहिलेको परिवेशमा पुरानो जंगल र बायोइन्जिनियरिङ गरेका ठाउँहरू छुट्याउनै नसकिने गरी सबै घना जंगलमा परिणत भएका छन्। केही स्थानमा भने अव्यवस्थित ग्रामीण सडक विस्तारका ससाना समस्या देखिएको छ। जंगल बढेपछि पहिरो त रोकियो नै साथै नजिकका समुदायलाई पनि वनजन्य पदार्थ उपलब्ध हुँदा जीविकोपार्जनमा समेत सहयोग पुगेको देखिन्छ।

सडक निर्माण गर्दै गर्दाको सुरुवातको अवस्थाका फोटो र हालको अवस्था हेर्दा अविश्वसनीय फरकपना देखिन्छ। प्राविधिक मापदण्डअनुसार गरिएको वृक्षरोपण र संरचना निर्माणको कार्य सँगसँगै र प्राविधिक ढंगले गर्दा उक्त सडकखण्ड सबैभन्दा कम पहिरो गएको अर्थात सुरक्षित खण्डमा पर्दोरहेछ। उक्त क्षेत्रमा विशेषगरी पानी व्यवस्थापनको कार्य अत्यन्तै व्यवस्थित ढंगले गरिएको पाइयो। 
लामो समय अवधि लगाएर सम्पन्न भएको उक्त सडकमा निरन्तर आवश्यक मर्मतसम्भारको कार्य पनि भएको रहेछ। जसका कारण स–साना समस्या आउँदा समस्या बढ्न पाएनन्। करिब ४० वर्षअगाडि गरिएको अभ्यासले हालसम्म पनि प्रभावकारी भूमिका निर्वाह गरिरहेको देखिन्छ। सडकखण्डमा खासै पहिरो, भूक्षय देखिँदैनन्। पानीको व्यवस्थापन अझैसम्म प्रभावकारी देखियो।

अरूको सहयोगमा सञ्चालन भएका असल अभ्यासलाई पनि निरन्तरता नदिँदा भएको छवि र क्षमता पनि गुमाउँदै जाने हाम्रो गलत अभ्यासलाई बेलैमा सुधार गर्न आवश्यक छ।

नेपाल विगतमा बायोइन्जिनियरिङको राम्रो अभ्यास र प्रभाव भएको, विश्वका विभिन्न देशले समेत यहाँको अभ्यास सिकेर कार्यान्वयन गरेको, नमुना देश भन्ने छवि भएको थलो हो। तर हाल उक्त अभ्यासलाई निरन्तरता नदिइएका कारण विस्तारै छवि गुम्दै गएको र प्रभावहरूसमेत हराउँदै गएको अवस्था छ। अरूको सहयोगमा सञ्चालन भएका असल अभ्यासलाई पनि निरन्तरता नदिँदा भएको छवि र क्षमता पनि गुमाउँदै जाने हाम्रो गलत अभ्यासलाई बेलैमा सुधार गर्न आवश्यक छ।

पहिरो न्यूनीकरणका लागि बायोइन्जिनियरिङ अर्थात् प्रकृतिमैत्री पहिरो नियन्त्रण विधिलाई अझै परिमार्जनका साथ अभ्यासमा ल्याउनुपर्छ र त्यसका लागि सरकारी, गैरसरकारी निकाय, समुदाय, तीनवटै तहको सरकारलगायत सबैको साझा प्रयास र पहल चाहिएको छ।

प्रकाशित: १८ वैशाख २०८१ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App