१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नेपालको पर्यटन समृद्ध गर्न गुणस्तरीय पर्यटक ल्याउनुपर्छः ड्यारेल वेड

फायल तस्वीर

विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउन आवश्यक रहेको बताएका छन्।  

तीन दिने नेपाल भ्रमणमा रहका वेडले काठमाडौंमा विश्वव्यापी पर्यटनका साथै नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा समृद्धिका बारेमा पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन्।

‘कति जना पर्यटक आए भन्दा पनि कस्ता पर्यटक आए भन्ने कुराले पर्यटन क्षेत्रमा बढी प्रभाव पार्छ,’ वेडले भने,‘इन्ट्रपेड सुरु भएदेखि नै हामीले नेपालमा पर्यटक पठाइरहेका छौं। मेरो विचारमा नेपालले पर्यटकको संख्यामा भन्दापनि गुणस्तरीय पर्यटक ल्याउन बढी जोड दिए समग्र पर्यटन क्षेत्रको विकास हुन्छ।’

कार्यत्रममा वेडले इन्ट्रपेड स्थापना नेपालकै कारण सम्भव भएको  र अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको इन्ट्रपेडले विश्वका १५० देशमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै आएको छ। नेपाल लगायत २८ वटा मुलुकमा इन्टरपेडले कार्यालय स्थापना गरेर भ्रमण गराउँदै आएको छ।

इन्टरपेड विश्वको सबैभन्दा धेरै पर्यटकलाई भ्रमण गराउने ट्राभल एजेन्सीमध्ये एक हो। २०२३ मा इन्ट्रपेडले २ लाख ५० हजार पर्यटकलाई विभिन्न देशको भ्रमण गराएको थियो। जसमध्ये ४ हजार पर्यटक नेपाल आएका थिए । इन्ट्रपेडले २०२४ मा ५ हजार पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ।

एजेन्सी 

प्रकाशित: १० चैत्र २०८० ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App