२४ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

किन हुन्छ देशमा भ्रष्टाचार?

सबैलाई थाहा छ कि भ्रष्टाचारको जन्म सय वर्षभन्दा पुरानो हो। चाणक्य, कौटिल्य र अनेकानेक राजा/महाराजाको युगमा पनि यसको प्रभाव देखिन भोग्नुपरेको थियो। यहाँ रामायण महाभारत जस्तो ग्रन्थहरूमा धेरै उदाहरण देख्न पढ्न पाइन्छ। महाभारत युगमा गुरु द्रोणाचार्यले गुरुदक्षिणामा एकलव्यको अंगुठा मागेर भ्रष्टाचारको प्रत्यक्ष प्रमाण देखाउँछन्। भारतमा बेलायती शासनका बेला र नेपालमा राणाकालदेखिको समयमा भ्रष्टाचारको प्रचलन रहेको पाइन्छ। राजा र जमिन्दारले सम्पन्न मानिसलाई यातना दिइ भ्रष्टाचारजन्य जघन्य अपराध गर्दै आएका इतिहास जीवन्त छ।

वर्तमान समयमा रहेको प्रविधियुक्त भ्रष्टाचार नियन्त्रण तुलनात्मकरूपबाट अध्ययन अनुसन्धान गर्दा कम भ्रष्टाचार थियो। निजी स्वार्थले गर्दा आफ्नो प्रगति र विकासका साथसाथै धन सञ्चय र समृद्धिको भौतिक सुख/सुविधा वृद्धितर्फ जोड दिएको देखिन्छ। भ्रष्टाचारको जन्म उदय मुख्यतः अति महत्वकांक्षा पूर्तिका लागि भएको हो। भ्रष्टाचारको उदय जुन दिनबाट भयो त्यस दिनबाट भ्रष्ट मानिसको प्रगति सय गुणाले वृद्धि भएको छ। भ्रष्टाचारी बगानमा फल फुल्दै आएको छ। अनेक युगका महापुरुषहरूले समाजसेवी राजनीतिककर्मी यसको रोकथामका उपाय गरे पनि सफलता हात लागेको छैन। व्यवहारिकरूपले प्रयास नगरी दुनियादारीका लागि कागज र भाषणमा प्रयास गरेको देखिन्छ।

संवैधानिक राजतन्त्रदेखि संघीय गणतन्त्रसम्म देश पुग्दा पनि दिन/प्रतिदिन बढेको भ्रष्टाचार र निराशावादी जिन्दगीलाई जिउन बाँच्न मानव समाज बाध्य पारिएको छ। आज भ्रष्टाचार एक सर्वव्यापी रोग बनेको छ। जीवनको हरेक क्षेत्रमा धार्मिक, राजनीतिक, शिक्षा, स्वास्थ्य, व्यापारिक, न्यायतन्त्र, शासनतन्त्र, अर्थव्यवस्था इत्यादि हरेक ठाउँमा भ्रष्टाचार देखिन्छ।

भ्रष्टाचार के हो त?  

भ्रष्टाचार शब्द भ्रष्ट + आचारको सन्धि हो जसमा भ्रष्ट खराब (बुराई) लाई जनाउँछ र आचरण मानिसको दिन/प्रतिदिनको क्रियाकलाप र व्यवहारलाई दर्साउँछ। अतः जीवनमा खराब आचरण अपनाउनुपर्छ भन्ने सोच नै भ्रष्टाचार हो। भ्रष्टाचार जुनसुकैरूपमा गर्न सकिन्छ। त्यो अनैतिकरूपमा कमाएको धन र सम्पत्ति शारीरिक, मानसिक, र सामाजिक शोषण यो सबै भ्रष्टाचार हो अर्थात् कुनै कार्यगरेबापत मनमा उठेको लोभलालच पनि भ्रष्टाचार हो। राष्ट्रसेवक कर्मचारी र नेतृत्व वर्ग समयमा कार्यालय नजानु गएर पनि जिम्मेवारीसहित कामकाज नगर्नु र गैरकार्यालय समयअगाडि÷पछाडि भाग्नु पनि भ्रष्टाचार हो। एउटा खराब आचरण व्यवहारले भ्रष्टाचारको सुरुवात हुन्छ जसलाई निरन्तरता दिन त्यसतर्फ दिन/प्रतिदिन बढाउन उत्साहित गर्दैछ।

भ्रष्टाचार: आवश्यकता र कारण

मानिसका आवश्यकता आविष्कारको जननी हो भनेको छ तर भ्रष्टाचारको मामलामा यो कथनलाई बिलकुल स्वाभाविक मानिँदैन अर्थात् बेइमानी सावित हुन्छ किनकि यो एउटा खराब आचरण हो जुन दुःखको मार्ग बढाउने काम गर्दैछ। जस्तोसुकै परिस्थितिमा पनि यसलाई अपनाउनु बुद्धिमानी हुँदैन। लोभलालचमा मानिस अन्धो भएर बाटोमा राखेको काँडेतार भएको मार्गबाट हिँडेर आफ्नो महत्वाकांक्षालाई पूरा गर्न हरसम्भव प्रयास गर्दैछ। समाजको वर्तमान अवस्था अध्ययन अनुसन्धान गर्दा पाइन्छ कि हाम्रा सबै आवश्यकता महत्वकांक्षा पूर्ति गर्न भ्रष्टाचार नै सबैभन्दा सरल र राम्रो माध्यम देखिनमा आउँछ। छिटो आफ्नो खराब उद्देश्य अर्थात सपना देखेको हुन्छ त्यसलाई पूर्ति गर्न भ्रष्टाचाररूपी दलदलमा फस्दै जान्छ।

आजको दिनमा नोकरशाह र भ्रष्टाचार एक दोस्रोको सहायक बनेको छ। राजनीतिकर्मीका लागि भ्रष्टाचार व्यापार व्यवसाय बनेको छ। पुँजीपति व्यापारीका लागि एक अभिन्न अङ्ग बनेको छ। आदर्श र इमानदारी जस्ता शब्द यी व्यक्तिका लागि कुनै महत्वपूर्ण रहेन। यी सबै व्यक्तिको उद्देश्य केवल धन र साधनको सञ्चय मात्र रहन्छ। आज भ्रष्टाचारको मुख्यतः निम्नलिखित कारण छन्:

– उच्च जीवनशैलीको चाहना  

– परिवारको आर्थिक आवश्यकताको पूर्ति  

– भोगविलासको महत्वाकांक्षा  

– प्रशासनिक कार्यमा पारदर्शिताको कमी

– समयमा न्याय सम्पादन नहुनु र दोषी सजायबाट बच्नु  

–समाज तथा राज्य व्यवस्थामा भ्रष्ट व्यक्तिहरूको राम्रो पहुँच हुनु

उपरोक्त सबै कारणले मानिसलाई भ्रष्टाचार गर्न दैनिक जीवनमा प्रेरणा दिने हो। हाम्रो असल समाजका लागि कलंक हो। यसलाई जनमानसदेखि नै उखेल्न अति आवश्यक छ। चिकित्सक विज्ञानमा जुन प्रविधि मानव शरीरका लागि घातक हुन्छ, ठीक त्यसै प्रकार अनेकौँ सामाजिक खराबी समिश्रणका रूपमा भ्रष्टाचारले हाम्रो जीवन र सामाजिक व्यवस्थालाई पंगु अपाङ्ग बनाइरहेको छ। जस्तै क्यान्सर, एड्स, क्षयरोग, डेंगी र अन्य संक्रमित सरुवा रोगहरू जस्तै मानसिक स्थिति विकास गरिरहेको छ। यसलाई जरैदेखि उखेलेर फाल्नु आजको नितान्त आवश्यकता बनेको छ।

श्रीमद्भावगत्गीतामा लेखिएको छ:

– कुनै व्यक्ति आफूलाई चाहेको अनुसार बन्न सक्छ यदि त्यो व्यक्ति एक विश्वाससाथ इच्छित वस्तुहरूमाथि लगातार चिन्तन र कर्म गरिरहन्छ भने।  

– मान्छे विश्वासले निर्माण हुन्छ उनीहरू जे विश्वास गर्छन्, त्यही बन्छन्।  

– मानिसले सबै इच्छा त्याग गर्छ। म र मेरो भनाइ लोभ भावनाबाट मुक्त हुन्छ। उसलाईअपार शान्ति प्राप्त हुन्छ। 

प्रकाशित: २३ पुस २०८० ००:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App