१६ चैत्र २०८० शुक्रबार
विचार

मन पनि हुन्छ बिमार

मानिस केवल हाडमासुको पुतला होइन, शरीर र मनको एक संयुक्त रूप हो । अर्को शब्दमा भन्ने हो भने मानिसको शरीर भनेको कम्प्युटररूपी हार्डवेयर हो भने मन सफ्टवेयर । त्यसैले मानिसले स्वस्थ र सक्रिय सामाजिक जीवन जिउन मानिसको शरीरमात्र होइन, मन पनि स्वस्थ र निरोगी रहन आवश्यक हुन्छ । तर मानिसको शरीर जस्तै मानिसको मन पनि बिमार हुन्छ । मानिसको मन विभिन्न कारणले, जस्तै– जैविक, मनोवैज्ञानिक तथा सामाजिक आदि कारणले विकारग्रस्त हुन सक्छ । मनका यस्ता विकारलाई मनोरोग अर्थात् मानसिक रोगको संज्ञा दिइन्छ । मनका रोग बीसौँ प्रकारका छन् । डिप्रेसन, चिन्ता रोग तथा सिजोफ्रेनिया आदि मनको रोगका प्रमुख उदाहरण हुन् ।

शिक्षित मानिससमेत यसका लागि धामी÷झा“कीको शरणमा पुग्ने गरेबाटै थाहा हुन्छ कि नेपालमा मानसिक स्वास्थ्यको स्थिति कति दयनीय छ भन्ने ।

कसरी हुन्छ मन बिमार ?
मानिसको जीवनमा अनेकौँ उतारचढाव आउ“छन्, बाधा÷अड्चन तथा कठिनाइ आउ“छन् । सामान्यतया मानिसले यस्ता बाधा÷अड्चन तथा कठिनाइमा सफलपÒर्वक समायोजन स्थापित गर्छन् । तर कतिपय स्थिति र परिस्थितिमा यस्ता बाधा÷अड्चन तथा कठिनाइद्वारा उत्पन्न तनाव, कुण्ठा एवं निराशा अति प्रवल भई त्यसलाई समायोजन गर्न नसक्ने स्थिति आउ“छ, तब मानिसको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ र मानिसको व्यवहार असामान्य हुन पुग्छ । यदि यस्तो अवस्था देखापरेमा र लामो समयसम्म रहेमा मानिसको मन बिमार भएको मान्नुपर्छ । अतः मनको रोग भनेको कुनै पनि व्यक्तिले राम्ररी सोच्न नसक्ने, भावना नियन्त्रण गर्न नसक्ने र व्यवहारमा असामान्य परिवर्तन हु“दै जाने अवस्था हो । यस्तो अवस्थामा भएका मानिस प्रायः अरूसित व्यवहार गर्न र जीवनमा आउने समस्या सामना गर्न नसक्ने हुन्छन् ।
मनको रोगका लक्षण
मनको रोगका लक्षण अनेक हुन्छन् । यस्ता लक्षण मानसिकरूपमा मात्र होइन शारीरिकरूपमा पनि देखापर्छन् । जस्तो कि खिन्नता, उदासीपना, इच्छा मरेर जानु, नकारात्मक र निराशावादी विचार आउनु, मर्न मन लाग्नु, ध्यान केन्दि«त गर्न गाह्रो हुनु, बिर्सने बानी भएको महसुस हुनु, जिउ भारी हुनु, गल्नु वा दुख्नु, टाउको भारी हुनु, गल्नु वा दुख्नु, चिड्चिडाहट हुनु, निद«ा गडबडी हुनु, खाना रुचि कम हुँदै जानु, यौन इच्छामा कमी आउनु, डर, त्रास, भय, अत्यधिक डर लाग्नु, सामान्य अप्ठ्यारालाई भयंकर ठान्नु, मुटु काप्ने, श्वास फेर्न गाह«ो भएको अनुभव हुने, जिउ या हात खुट्टा काप्नु, चिटचिट पसिना आउनु, शरीरमा तनाव भएको महसुस हुनु, एक्कासि पहिले भोगेको पीडा या यातनाको याद आउनु र एकदम छट्पटी हुनु, कुनै खास वस्तु या स्थानका कारणले मन आत्तिनु, उन्माद बढ्नु तथा होस छाड्नु आदि । यस्ता लक्षण व्यक्ति र रोगअनुसार फरक फरक पनि हुन सक्छन् ।
धेरै छन् मनका रोगी
हिजोआज संसारभरिका लाखौँ मानिस मनका रोगबाट पिरोलिएका छन् र समयमा पहिचान तथा उचित उपचार हुन नसक्दा यस्ता रोगले उनका घर÷परिवारलाई समेत असर पुराएका छन् । मिचिगन विश्वविद्यालयले हालसालै गरेको एक अध्ययनअनुसार हरेक चार जना अमेरिकनमध्ये एकजना मानसिक रोगी भएको तथ्य सार्वजनिक गरेको छ । अमेरिकामा मात्र होइन संसारभरि नै मानसिक रोगीको संख्या निकै बढेको छ । पेट तथा हातखुट्टा आदिको दुःखाइबाट फिजिसियनकहा“ पुग्ने आधाभन्दा बढी रोगी कुनै न कुनै मनको रोगबाट पीडित भएका देखिन्छ ।
    नेपालमा भने मानसिक रोगको स्थितिबारे एकिन तथ्यांक छैन । तर एक अध्ययनअनुसार कम्तीमा पनि ५ नेपालीमध्ये १ नेपाली कुनै न कुनै मानसिक समस्याको चपेटा परेको देखिन्छ । यसको आधारमा बालबालिका बाहेक कम्तीमा पनि ७० लाख नेपाली मनका रोगी भएको मान्न सकिन्छ । मुख्यरूपमा नेपालीहरू डिप्रेसन, दुश्चिन्ता, फोबिया, बाइपोलर डिसअर्डर, स्टे«स, मानसिक थकान, यौन समस्या, लागु–औषध दुव्र्यसन तथा सिजोफ्रेनिया आदि जस्ता मनका रोगबाट पीडित छन् । माओवादी सशस्त्र द्वन्द, विभिन्न किसिमका आन्दोलन, बाढीपहिरो तथा भूकम्पका कारण पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी)का रोगीहरूको संख्या पनि नेपालमा निकै धेरै छ ।
अनेक मनका रोग
शरीरका रोग जस्तै मनका रोग पनि अनेकौँ प्रकारका छन् । धेरै मानिसलाई लाग्ने मनको रोग हो– डिप्रेसन । बिनाकारण मन आत्तिइरहने रोग, एनजाइटी डिसअर्डर हो भने वास्तविकता ठम्याउन नसक्ने स्थिति जसलाई सिजोफ्रेनिया (आमभाषामा पागलपन) भनिन्छ, अनि भावनालाई नियन्त्रण गर्न नसकिने स्थिति जसलाई बाइपोलार डिसअर्डर भनिन्छ, यी रोग गम्भीर प्रकारका मनका रोग हुन् ।  यौन समस्या पनि मानिसको एक प्रमुख स्वास्थ्य समस्या हो । यौन समस्या शारीरिक जस्तो देखिए तापनि ९० प्रतिशत यौन समस्या मनोवैज्ञानिक कारणहरूद्वारा पैदा हुन्छन् भने केवल १० प्रतिशत शारीरिक हुन्छन् ।
मनको रोगको उपचार
अहिले पनि अधिकांश नेपालीले मनको रोग भूतप्रेत, पूर्वजन्मको पाप, टुनामुना तथा ग्रहहरूका कारण पैदा भएको मान्छन् । मनको रोगलाई देवीदेवताको अभिशाप ठान्छन् । त्यसैले नेपाली समाजमा मनको रोग लुकाउने–छुपाउने प्रवत्ति विद्यमान छ । शिक्षित मानिससमेत यसका लागि धामी÷झा“कीको शरणमा पुग्ने गरेबाटै थाहा हुन्छ कि नेपालमा मानसिक स्वास्थ्यको स्थिति कति दयनीय छ भन्ने ।
(मनोविद् तथा मेमोरी ल्याब प्रमुख)

प्रकाशित: २४ आश्विन २०७४ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App