६ आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

दिने बानी बसालाैं

दर्शन

आजकल दिने बानी भएका मानिस भेट्न धेरै गाह्रो भइसक्यो। जसले पनि लिन मात्रै जानेका छन् तर दिन परे मरेतुल्य हुन्छन्। त्यसैले त भन्ने गरिन्छ सित्तैमा पाए चुक अमिलो पनि एक पाथी खान्छन्। अरूलाई खुवाउन परे मै मरी जाऊँ भन्छन्। यहाँ मैले एक जना भिखारीको कथाको प्रसङ्ग प्रस्तुत गर्न खोजेको छु।

हुन त यहाँ सबै भिखारी नै छन्। धनाढ्यहरू पनि दीनहीन भावमा मन्दिरभित्र गएर भगवान्सँग मागिरहेका हुन्छन् भने मन्दिरबाहिर पनि गरिब भिखारीहरू दीनहीन अवस्थामा बसेर भक्तजनहरूसँग मागिरहेका हुन्छन्। अनि त मन्दिरबाहिरका भिखारीहरूले भन्ने गर्छन्-हामी त साँच्चैका असली भिखारी हौं, मन्दिरभित्र गएर भगवान्सँग माग्ने धनाढ्यहरू त नक्कली भिखारी हुन्। आखिर जे होस्, मैले यहाँ उल्लेख गर्न खोजेको एक जना भिखारीको कथा यस्तो छ।

आजकल दिने बानी भएका मानिस भेट्न धेरै गाह्रो भइसक्यो। जसले पनि लिन मात्रै जानेका छन् तर दिन परे मरेतुल्य हुन्छन्।

एकजना भिखारी बिहान सबेरै उठेर भिख माग्न भनी हिँड्यो। जानुभन्दा अघि उसले आफ्नो झोलामा एक मुठी जौको दाना राख्यो। भिखारीले भिक्षा माग्न जाँदा आफ्नो झोला खाली राख्नु हुँदैन भन्ने मान्यता रही आएको छ। त्यसैले त्यस भिखारीले एक मुठी जौ झोलामा राखेको हो।

 भिखारीको झोला रित्तो नदेखेर भिक्षा दिने दाताहरूलाई पनि लागोस् कि यस भिखारीलाई पहिला नै कसैले केही दिइसकेको छ। त्यो दिन पूर्णिमाको दिन थियो। त्यो भिखारीले सोचिरहेको थियो कि आज यदि भगवान्को कृपा भयो भने मेरो यो झोला साँझ पर्नुभन्दा अघि नै भरिने छ। यस्तै सोचेर त्यो भिखारी हिँडिरहेको थियो।

अचानक ऊ हिँडिरहेको बाटोमा त त्यसै देशको राजाको सवारी आउँदै गरेको देख्यो। तब त्यो भिखारी धेरै खुसी भयो। उसले सोच्यो कि आज एक त राजाको दर्शन गर्ने मौका मिल्ने भयो अर्को कुरा राजाबाट पाइने मनग्य अमूल्य दानबाट मेरो सम्पूर्ण दुःख दरिद्र नास भई मेरो जीवन पनि सुखी र सम्पन्न हुने भयो। जसै राजाको सवारी नजिक आइपुग्यो तब त्यो भिखारीको उत्तेजना बढ्दै गयो।

एकजना भिखारी बिहान सबेरै उठेर भिख माग्न भनी हिँड्यो। जानुभन्दा अघि उसले आफ्नो झोलामा एक मुठी जौको दाना राख्यो। भिखारीले भिक्षा माग्न जाँदा आफ्नो झोला खाली राख्नु हुँदैन भन्ने मान्यता रही आएको छ।

राजाको रथ जब त्यस भिखारीको नजिकै आइपुग्यो तब राजाले रथ रोक्न लगाएर रथबाट राजा ओर्लेर आई त्यस भिखारीको सामुन्ने पुग्यो। भिखारीको त श्वास नै रोक्लाजस्तो भयो। तर यो के आश्चर्य? राजाले त्यस भिखारीलाई केही दिनुको सट्टा उल्टै आफ्नो बहुमूल्य खास्टो उसको सामुन्ने फैलाएर उसैसँग भिख माग्न थाल्यो। तब त्यस भिखारीले त केही सोच्नै सकेन, के गरूँ के गरूँ भयो। उसले यस्तै सोचिरहेको थियो तर राजाले फेरि माग्न थाल्यो। अनि भिखारीले आफ्नो झोलामा हात हाल्यो तर सधैं अरूसँग मागेर लिइरहने बानी परेको भिखारीलाई अरूलाई दिन मनले मानिरहेको थिएन। त्यसमा पनि राजा स्वयं आफ्नो अगाडि आएर खास्टो फैलाएर भिख मागेकाले नदिई भएन, दिनु नै पर्ने अवस्था आयो।

मनले नमानी नमानीकनै बढो मुस्किलले आफ्नो झोलामा भएको एक मुठी जौको दानाबाट दुई दाना मात्र जौ निकालेर राजाको खास्टोमा राखिदियो। राजा पनि भिखारीसँग भिख मागी पाएको दुई दाना जौ लिएर प्रसन्न मुद्रामा फर्केर गए।

राजाको रथ जब त्यस भिखारीको नजिकै आइपुग्यो तब राजाले रथ रोक्न लगाएर रथबाट राजा ओर्लेर आई त्यस भिखारीको सामुन्ने पुग्यो। भिखारीको त श्वास नै रोक्लाजस्तो भयो।

त्यस दिन भिखारीलाई धेरै भिक्षा मिल्यो तर उसको झोलाबाट दुई दाना जौ राजालाई दिनुपरेको घटनाले सारा दिन नै चिन्ता लागिरहेको थियो। साँझ जब ऊ घरमा पुग्यो र आफ्नो झोलामा भएका सबै भिक्षा खन्याएर हेर्दा उसलाई आश्चर्यको सीमा नै रहेन।

जुन जौ उसले आफ्नो झोलामा लगेको थियो त्यसमा दुई दाना जौ त सुनमा परिणत भएको रहेछ। अब उसलाई समझमा आयो कि यो त दानकै महिमाको कारण भएको हो। दानको महिमा कत्तिको हुँदो रहेछ भन्ने कुरा बल्ल उसले बुझ्यो। ऊ पछुतायो कि यदि मैले अलि धेरै जौ दिएको भए हुन्थ्यो तर दिन सकेन किनभने उसलाई दिने बानी नै थिएन, खाली लिने मात्रै थियो। 

प्रकाशित: १६ असार २०८० ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App