२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

नेपाल–भारत सम्बन्धका शृंखला

हिमालयपारिको माओवादी पोशाकलाई पन्छाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिमालयभन्दा दक्षिणवर्ती हिन्दुत्वको गेरुवाबस्त्र धारण गरेर कसलाई विश्वस्त बनाउँदै आफूले हृदय परिवर्तन गरेको सावित गर्न खोजेका हुन्? प्रचण्डको यसअघिका भ्रमणहरूमा यस्ता कार्यक्रम देखिन्नथे। यो सवालमा धेरै माथापच्ची गरिरहनै पर्दैन। उनले दक्षिणी छिमेकीको महत्व बुझेरै भारत भ्रमणको अवसरमा पण्डित पुष्पकमल दाहालको रूप लिएका हुन् कि ! प्रतीकात्मक रूपमा यस गतिविधिको असाधारण महत्व छ। भारत, करिब तीन दशकदेखि नेपाली माओवादी पार्टीको अध्यक्ष रहेका प्रधानमन्त्रीलाई आफ्नो देशको भ्रमण गराएर भारतीय माओवादीलाई पनि आफूअनुकूलको सन्देश दिन चाहँदो हो।

नेपाली र भारतीय समाज धर्मशास्त्रको डाका, ज्यानमारा आदि पहिचानको रत्नाकर नामक अपराधी कालान्तरमा हृदय परिवर्तन गरी वाल्मीकि ऋषि भएको र तिनै वाल्मीकिले लेखेको रामायण आदिकवि भानुभक्तले नेपालीमा अनुवाद गरिदिएको पढेर अपराधी पनि महामानव हुनसक्छ भन्ने मान्यताबाट ओतप्रोत छ। उनको महाकालेश्वरको पूजा–आराधना त्यतिमा सीमित छैन। कतै, निकट भविष्यको नेपालले कथित धर्मनिरपेक्षताबाट कोल्टे फेरेर हिन्दु राज्यमा पुनःस्थापित हुने निर्णयका लागि प्रस्थानविन्दु पो हो कि ! असम्भव छैन, त्यसैको सिलसिलामा भारतीय प्रभावको उत्प्रेरणा हुनसक्छ।

नेपाली र भारतीय समाज धर्मशास्त्रको डाका, ज्यानमारा आदि पहिचानको रत्नाकर नामक अपराधी कालान्तरमा हृदय परिवर्तन गरी वाल्मीकि ऋषि भएको र तिनै वाल्मीकिले लेखेको रामायण आदिकवि भानुभक्तले नेपालीमा अनुवाद गरिदिएको पढेर अपराधी पनि महामानव हुनसक्छ भन्ने मान्यताबाट ओतप्रोत छ।

भारतमा सन् २०२४ मा संसदीय निर्वाचन हुनेछ। ‘हिन्दी–हिन्दु–हिन्दुस्तान’ को लक्षगत नारा घन्काएर सत्तामा पुगेको भारतीय जनता पार्टी भारतलाई हिन्दु कलेवर र वातावरण दिने पक्षमा प्रयत्नरत छ। बाबरी मस्जिद कि राम जन्मभूमि ? भन्ने लामो महासंग्राम लड्दै आएको भारतमा २०२४ मा अयोध्या नगरीको कायापलट योजना र विशाल राम मन्दिरको उद्घाटन हुँदैछ। त्यसका अनेकौँ प्रभाव खुला सिमाना र मिश्रित समाज रहेको नेपालभित्र देखिने अवश्यम्भावी छ। त्यसको सहगतिमा धर्मनिरपेक्षतालाई विसर्जन गरेर नेपालले हिन्दुराज्य हुने बाटो लियो भने आश्चर्य नमाने हुन्छ। नेपाल–भारत सम्बन्धको प्रभाव र चरित्रलाई यस्ता गतिविधिले निर्णायक प्रभाव पार्छन्।

अर्को छिमेकी चीनले दक्षिण एशियामा आफ्नो उपस्थितिका लागि नेपालमा चासो बढाउँदै लगेको जगजाहेर छ तर चिनियाँ चासो नेपालमा अमेरिकी उपस्थितिको खतरा निस्तेज गरेर आफ्नो राष्ट्रिय हितका लागि मुख्यरूपले लक्षित छ।

नेपालको आन्तरिक मामिलामा दखल दिन थाल्ने हो भने नेपालमा चीनविरोधी भावना त्यसैगरी बढेर जान्छ, जसरी नेपालमा भारतविरोधी भावना बढेको छ। ऊ दक्षिण एशियाको विशाल बजारमा पस्न बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई)को योजनासहित प्रयत्नरत छ।

अतः आजको नेपाल–भारत सम्बन्धलाई चीनको सापेक्षतामा सन्तुलित भएर परिभाषित गर्नु नेपालको हितमा हुन्छ। चीनले भारतसँग राजनीतिक तथा सैन्य क्षेत्रमा प्रतिस्पर्धा गरे पनि आर्थिक र सामाजिक क्षेत्रमा साझेदारी र आपसी हितका क्षेत्रमा सहकार्य गर्ने, एशियाली ऐक्यबद्धताको बाटोबाट ‘पराया शक्तिको प्रभावलाई निस्तेज पार्ने’ रणनीतिका लागि प्रयास गरेको देखाउँदै आएको छ।

एशियामा पराया शक्तिको अर्थ युरोपेली मुलुक र अमेरिका भन्ने बुझिन्छ। नेपाल मामिलामा भारतले चीनलाई सहमतिको विन्दुमा ल्याउने क्रममा भारत र रुसको सुसम्बन्धले रुस र चीनको सुसम्बन्धलाई भारतले कामयावी बनाउन सक्छ।

अर्को छिमेकी चीनले दक्षिण एशियामा आफ्नो उपस्थितिका लागि नेपालमा चासो बढाउँदै लगेको जगजाहेर छ तर चिनियाँ चासो नेपालमा अमेरिकी उपस्थितिको खतरा निस्तेज गरेर आफ्नो राष्ट्रिय हितका लागि मुख्यरूपले लक्षित छ।

भारतका मामिलामा दुईथरी अतिवाद नेपालमा सल्बलाइरहेका हुन्छन्। आत्मविश्वास गुमाएको, लघुताभाषयुक्त तावेदार प्रवृत्ति यहाँ समानान्तर रूपमा चलखेल गरिरहेको छ, दिल्लीलाई आफ्नो तीर्थझैँ देख्ने र आशीर्वादको राजनीति गर्नखोज्ने।

हरकदममा स्वाभिमान र स्वतन्त्रतालाई तिलाञ्जली दिएर उताको दासत्वलाई शक्तिको स्रोत मानेर नेपालमा राजनीतिक जमिनदारी चलाउने प्रवृत्ति दासत्वको खतरनाक अवतार हो। शरीर यता शीर उता राखेर गुजारा चलाउँदै आएका यस्ता तत्व दुवै मुलुकको सुसम्बन्धका समस्या हुन्। यसमा नेपाली राजनीतिका मुख्य खेलाडीहरू गोटी बनेर क्रियाशील छन्। २०४७ को संविधान लागु भएको कालखण्डमा यति छाडा र निर्लज्ज गतिविधि हुने गरेको थिएन।

अर्काथरि छन्, जो सधैँ भारतविरोधवादबाट निर्देशित छन् र जहाँ पनि भारत हावी भएको देख्छन्। कतै भारतलाई ‘विस्तारवाद’ भन्दाभन्दै हामी ‘संकुचनवाद’ मा फसिसकेका त होइनौँ? विस्तारवाद जति हानिकारक हो, त्यति नै हानिकारक संकुचनवाद हो। तसर्थ राष्ट्रवादको अर्को रूप भारतविरोधवाद हुनुहुँदैन। तर कहिले नेपालको भूभाग आफ्नो नक्सामा समावेश गर्ने, सीता भारतकी छोरी वा बुद्ध भारतमा जन्मेका हुन भन्ने जस्ता अभिव्यक्तिले नेपालको सम्बन्धमा असर गर्छ भन्ने भारतले बुझ्नु जरुरी छ।

दिल्लीको सत्तासँग वार्ताको टेबुलमा बसेका बेला नेपाली पक्षले निर्भिकताका साथ राष्ट्रिय हितका अजेन्डा प्रस्तुत गरेर भारतलाई समाधानमा आउन बाध्य बनाउन सक्नु सच्चा राष्ट्रवाद हो।

अर्काथरि छन्, जो सधैँ भारतविरोधवादबाट निर्देशित छन् र जहाँ पनि भारत हावी भएको देख्छन्। कतै भारतलाई ‘विस्तारवाद’ भन्दाभन्दै हामी ‘संकुचनवाद’ मा फसिसकेका त होइनौँ? विस्तारवाद जति हानिकारक हो, त्यति नै हानिकारक संकुचनवाद हो।

आफू राष्ट्रवादी हुनु भनेको अरू राष्ट्रलाई गाली गर्नु होइन, आफ्नो देशलाई अधिकतम माया गर्नु र राष्ट्रिय हितमा काम गर्नु हो। नेपाल र भारत छानो जोडिएका छिमेकी हुन्। नेपालको अहित हुने काम गरेर भारतभित्र अमनचयन कायम कदापि हुनसक्दैन।

सीमा विवादको समाधान, व्यापार घाटा नियन्त्रणमा ल्याउने र सन्तुलनमा राख्ने रणनीतियुक्त वाणिज्य सन्धि, जलस्रोतको सदुपयोग, महाकाली (पञ्चेश्वर) सन्धि कार्यान्वयन, कोसी बाँध मर्मत, जलवायु मामिलामा सहकार्य, तराईमा डुबान समस्या, सुपुर्दगी सन्धि, ऊर्जा खरिद, सीमापार अपराध, तराईमा शान्तिसुरक्षा जस्ता मामिलालाई एकातिर पन्छाएर निरपेक्षरूपमा मात्र हुने भ्रमण वास्तबमा दुवै मुलुकका सरकारहरूका लागि व्यर्थ हुन्छ। कम्युनिस्टहरूले दशकौँदेखि उराल्दै आएका “१९५० को सन्धिलगायत अन्य सबै असमान सन्धिको खारेजी” जस्ता अजेन्डालाई आफू सरकारमा हुँदा के/कसरी उठाए, यो पनि जगजाहेर नै छ।

यस मान्यताको कसीले हेर्दा प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणको कुनै ठोस उपलब्धि देखिन्न। नेपालको राष्ट्रिय हितलाई बोक्ने उपरोक्त कुनै अजेन्डालाई तार्किक निष्कर्ष दिने गरी उनले वार्ताको टेबुलमा पेस गरेको पाइएन।

सरकार प्रमुखको भ्रमण मुख हेराहेर र भोजभतेर खाने अवसरका लागि होइन। भ्रमण निर्णायक हुनैपर्छ र सम्बन्धको नयाँ आयाम निर्माण गर्ने अध्याय बनाउनैपर्छ। यसका लागि भ्रमणको बेलामा मात्र होइन, अघि वा पछि, सदैव दुवै मुलुक सकारात्मक, निर्णयमुखी र युगप्रवर्तक शक्ति बन्नु जरुरी छ।

सरकार प्रमुखको भ्रमण मुख हेराहेर र भोजभतेर खाने अवसरका लागि होइन। भ्रमण निर्णायक हुनैपर्छ र सम्बन्धको नयाँ आयाम निर्माण गर्ने अध्याय बनाउनैपर्छ।

१८ सय ८ किलोमिटर खुला सीमामा फैलिएका नेपाल र भारत भौगोलिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विश्वको एउटा नमूना सीमामा आधारित छ। तर यस्तो खुला सीमा दुई देशका जनताले व्यावहारिक रूपमा सदुपयोग गर्नेभन्दा आपराधिक गतिविधिका लागि दुरूपयोग गर्ने कार्यले मौका पाइरहेको छ।

२०७२ सालमा भारतले नेपालविरुद्ध पाँच महिना नाकाबन्दी गर्‍यो। तर त्यसले कसको हित ग¥यो? खुला सिमानामा तस्कर व्यापारीहरूले चोर नाका प्रचलनमा ल्याउन थाल्दा तस्करी व्यवसाय त बढ्यो नै, भारतको सुरक्षामा खतरा पैदा गर्ने तत्वले चोर नाकाको दुरूपयोग गरेको कुरालाई भारतीय सेनाले सर्वप्रथम महसुस गरेपछि यो समस्याको पटाक्षेप हुन सकेको नबिर्सौँ।

भारत नेपालभन्दा जनसंख्यामा ३५ गुणा विशाल छ। त्यसैगरी भूभागको हिसाबमा पनि भारत नेपालभन्दा निकै विशाल छ। विश्वमा महाशक्ति क्रममा पनि भारतको स्थान अग्रणी छ। उद्योग, वाणिज्य, कृषि, विज्ञान तथा प्रविधि, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा भारतले गरेको प्रगतिबाट नेपालले प्रेरणा र अनुकरण मात्र गर्न सकेमा नेपालले छोटो समयमा चामत्कारिक प्रगति गर्न सक्छ। त्यसैले खुला सिमाना भएको नेपाललाई भारतले उदारतापूर्वक सहयोग गरेर ऊ किमार्थ गरिब हुनेवाला छैन।

सरकार प्रमुखको भ्रमण मुख हेराहेर र भोजभतेर खाने अवसरका लागि होइन। भ्रमण निर्णायक हुनैपर्छ र सम्बन्धको नयाँ आयाम निर्माण गर्ने अध्याय बनाउनैपर्छ।

भनिन्छ, आजको जमानामा कुनै मुलुकको पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैन, राष्ट्रिय स्वार्थमात्र स्थायी हुन्छ। आधुनिक विदेश नीतिमा सबै मुलुकले चूपचापसँग अपनाउने मूलमन्त्र हो यो। नेपालले भारत र चीनसँग सम्बन्ध कायम गर्दा आफ्ना राष्ट्रिय हितका अजेन्डालाई सर्वोपरि राखेर दुवै मुलुकको राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशीलतालाई सम्बोधन गर्न सक्नुपर्छ।

 राजतन्त्रकालमा पनि नेपालका छिमेकी र अन्य मित्रराष्ट्र यिनै थिए। त्यो बेला पनि नेपालमाथि बेलाबखतमा प्रचण्ड दबाब र दाउपेच लाग्थ्यो। तर ती सबै गतिविधिलाई परास्त गरेर नेपालले कसरी आफ्नो स्वतन्त्र अस्तित्व निर्वाह गर्नसक्यो? यसबारेमा वर्तमान नेतृत्वले अलिकति सिक्न सकेको खण्डमा नेपालको हित हुने थियो।

प्रकाशित: ७ असार २०८० ००:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App