१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करबाट घाइते बालकद्वयको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

टीकापु – कैलालीको बौनियाँमा बिहिबार साँझ बसले ठक्कर दिएका दुवैजना बालकको उपचारका क्रममा मृत्यु भएको छ । घाइते मध्ये बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई महेन्द्रनगरबाट काठमाण्डौं गैरहेको ना ७ ख ६०४६ नम्बरको यात्रुबाहक बसले साँझ ५ बजे बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा ठक्कर दिएको थियो । यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाईते भएका बालकद्वयलाई बर्दगोरीया अस्पतालले थप उपचारका लागि रिफर गरेको थियो ।

उनीहरुलाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । मृतक बालकद्वयका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन ।

उनीहरुले सडक अवरुद्ध पारेपछि सवारीका साधन सञ्चालन ठप्प भएको छ । इलाका प्रहरी कार्यालय बौनियाँका इञ्चार्ज ध्रुव बिष्टले मृतकद्वयका आफन्त विरोधमा उत्रिएको जानकारी दिए ।

प्रकाशित: १५ कार्तिक २०७६ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App