१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

यु–१९ राष्ट्रिय टोलीको खेलाडी घोषणा

काठमाडौं – भारतको हैदराबादमा आयोजना हुने यु–१९ च्यालेन्जर्स सिरिजका लागि रित गौतमको कप्तानीमा यु–१९ नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपालले बुधबार रित गौतमको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। नेपालले शृंखलामा नेपाल ‘ए’ का रूपमा प्रतिनिधित्व गर्नेछ। नोभेम्बर ११ देखि १७ सम्म हुने प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य प्रशिक्षक जगत टमाटा, यु–१९ टोलीका प्रशिक्षक विनोद दास र राजु खड्का सम्मिलित ३ सदस्यीय छनोट कमिटीले ४ वैकल्पिकसहित कुल २० सदस्यीय टोलीको घोषणा गरेको हो।

भारत रेड, भारत ब्लु र भारत एल्लोका साथै नेपाली एक टोली गरी शृंखलामा कुल ४ टोलीको सहभागिता रहनेछ। नेपालले पहिलो खेल नोभेम्बर ११ मा भारत एल्लोसँग खेल्नेछ भने दोस्रो खेलमा भारत रेडसँग नोभेम्बर १३ मा प्रतिस्पर्धा गर्नेछ। नोभेम्बर १५ मा नेपालले भारत ब्लुसँग समूहचरणको अन्तिम खेल खेल्नेछ। शीर्ष २ टोली फाइनल प्रवेश गर्नेछन्। फाइनल खेल नोभेम्बर १७ मा हुनेछ।

नेपाली  ए टोली
रित गौतम (कप्तान)
लोकेशबहादुर गौतम
तीर्थराज दास
विशालविक्रम केसी
खडकबहादुर बोहोरा
अभिषेक बस्नेत 
हरिबहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेककुमार यादव
सूर्य तामाङ
तिलक राज भण्डारी
शेरबहादुर
आकाश चन्द
प्रतीश जिसी
गौतम केसी
वैकल्पिक खेलाडी
दीपक बोहोरा
दुर्गेश गुप्ता
निखिलकुमार सिंह
सोनु देवकोट

प्रकाशित: १४ कार्तिक २०७६ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App