१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय आतंकवादीबाट सयौं केजी विस्फोट पदार्थ नेपाल आपूर्ति

काठमाडौं– प्रहरीले पछिल्लो केही महिनायता भारतको पश्चिम बंगालबाट महिनैपिच्छे सयाैं केजी बम बनाउने सामाग्री भित्रने गरेको खुलासा गरेको छ। प्रहरीको विशेष ब्युरोको अप्रेसनमा सिलगुडीबाट झापा हुँदै संखुवासभाको खादबाँरीमा सयौं किलोग्राम बम बनाउन प्रयोग हुने बिस्फोटक पर्दाथ भित्रि रहेको खुलासा गरेको हो।

ब्युरोले भारतीय प्रहरीसँगको सहकार्यमा गरिरहेको अनुसन्धानमा यसरी भित्रने बिस्फोटक पर्दाथमा पूर्वी भारतमा सक्रिय आतंकबादी संगठन उल्फा (युनाईटेड लिब्रेसन फ्रन्ट अफ आसाम) को नाम जोडिएपछि प्रहरी सशंकित भएको हो।

प्रहरीको बिशेष ब्युरोले कार्तिक अन्तिम सातादेखि सुरु गरेको अप्रेसनमा तीनजना नेपाली पक्राउ परेका छन्। यसै घटनामा जोडिएका तीन नेपाली र एक भारतीय नागरिकलाई कार्तिक २० पछि विभिन्न समयम पश्चिम बंगाल प्रहरीले पक्राउ गरिसकेको छ।

ब्युरोले २०० किलोग्राम विस्फोटक पर्दाथ सहित सीमावर्ती सिलगुडी क्षेत्रबाट एक महिला सहित तीनजना नेपाली र एक भारतीय पक्राउ परेपछि अनुसन्धान थालेको थियो। भारतीय प्रहरीले कात्तिक २० गते बिशेष सुचनाका आधारमा पश्चिम बंगालको दावेशपारा क्षेत्रमा गरेको छापामा बिस्फोटक पर्दाथ र तीन नेपाली पक्राउ गरेको हो। भारतीय प्रहरीले बिस्फोटक पर्दाथ सहित दावा छिरिङ भाटे उनकी श्रीमती पुजा लिम्बु र कृष्ण अधिकारीलाई पक्राउ गरेको हो। अनुसन्धानमा बिस्फोटक पर्दाथ नेपाल भित्राउने गिरोहका मुख्य भारतीय नागरिक  रिदार भोटे पक्राउ परेपछि नेपाल प्रहरीले अनुसन्धान तीब्र बनाएको थियो। नेपालबाट ब्युरोले फूर्वु छिरिङ भोटे, छिरिङ भोटे र महेन्द्र राईलाई पक्राउ गरेको हो।

ब्युरोका अधिकारीका अनुसार भारतको दार्जिलिङ मिरिकका रिदार भोटे सन २०१४ मा असाममा सक्रिय आतंकबादी समुह उल्फाका लागि बिस्फोटक पर्दाथ सप्लाई गर्नेक्रममा पक्राउ परेका थिए। अदालतको कारवाहीपछि रिहा भएका रिदारले हाल नेपाली ग्राहकलाई बिस्फोटक पर्दाथ उपलब्ध गराएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

ब्युरोका डिआईजी बमबहादुर भण्डारीका अनुसार भारतमा कामदारका रुपमा गएका दुई नेपाली दावा छिरिङ र उनकी श्रीमती पुजा लिम्बुको कोठाबाट बिस्फोटक पर्दाथ बरामद भएपछि भारतीय प्रहरी सक्रिय भएको थियो। उनका अनुसार कार्तिक २० गते सिलगुडीको दरवेशपारामा रहेको दावाको डेराबाट करिब एकसय किलोग्राम बिस्फोटक पर्दाथ बरामद भएको हो। भारतीय प्रहरीले दोस्रो पटक सोही क्षेत्रमा गरेको छापामा थप एकसय किलोग्राम बिस्फोटक पर्दाथ सहित कृष्ण अधिकारी पक्राउ परेका हुन ।अनुसन्धानकाक्रममा रिदार भोटेको पहिचान खुलेको थियो।

‘प्रारम्भीक बयानमा बरामद बिस्फोटक पर्दाथ माछामार्ने प्रयोजनका लागि भनेपनि ब्युरो सहमत छैन, थप अनुसन्धान भै रहेको छ,’ डिआईजी भण्डारीले भने। उनका अनुसार चरवटा कार्टुनमा  ६ सय नौ थान जिलेटिन स्टिक, दुईसय डेटोनेटर र दुईसय ३० वटा कार्टिज भारतीय प्रहरीले बरामद गरेको हो।

ब्युरोको अनुसन्धानमा खानी उद्योगमा कामगर्ने दावा र पुजाको प्रयोगगर्दै रिदारले अन्यको सहयोगमा बिस्फोटक पर्दाथ झापास्थित नेपाली सीमामा पु¥याउने गरेका थिए । झापाबाट बिस्फोटक पर्दाथ धरान र धरानबाट खाँदबारी लगिने गरिएको हो । खाँदबारीबाट उक्त बिस्फोट पर्दाथ जाने गन्तब्यका बिषयमा प्रहरीले खुलाएको छैन । खाँदबारीमा महेन्द्रले झापाबाट पठाउने बिस्फोटक पर्दाथ लिने गरेका हुन ।

‘पछिल्ला समय देशभर भै रहेका बिस्फोटक पर्दाथसँग जोडिएका घटना र गत साउन र भदौमा बिस्फोटक पर्दाथ भित्रिएको प्रमाणले घटनाक्रम सामान्य नरहेको देखाउछ,’ डिआईजी भण्डारीले भने । उनले पक्राउ परेकाहरु भारत र नेपाल सीमामा अवैध ओसारपसारमा सक्रिय रहेको देखिएपनि उनीहरुले लगेको सामाग्री प्रयोगगर्ने समुहको खोजी भै रहेको छ। भण्डारीले थपे ‘हाम्रो टोली देशका विभिन्न भागमा अप्रेसनमा छ, घटना विवरण चाडै सार्वजनिक हुनेछ।’
 
 

प्रकाशित: १७ मंसिर २०७३ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App