१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बिरामीको विश्वास जित्दै सरकारी अस्पताल

फाइल फोटो

डोटी– जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ। डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन्।

अस्पतालले प्रसूति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको विश्वास जितेको अस्पताल प्रशासनको दाबी छ।

छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका लागि बिरामी आउने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताए।

‘पछिल्लो समय हामीसँग उपकरण, चिकित्सक र औषधि उपलब्ध भएकाले हामीले सेवाग्राही बिरामीको रोग निको पार्न सफल भएका छौंं’ उनले भने, ‘त्यसैले पनि बिरामीको सङ्ख्या थपिँदै गएको हो।’


उपचारबाट सेवाग्राही पनि खुशि दखिन्छन्। ‘डोटी पठायो, उपचार हुन्छ कि हुँदैन भन्ने चिन्तामा थियौँ, तर उपचार सफल भएको छ’ अमरगढी नगरपालिका–८ की हमेन्ती ओझाले भनिन्। 

ओझाको जिल्ला अस्पताल डोटीमा शल्यक्रियाबिना नै प्रसूतिको सफल उपचार भएको जिल्ला अस्पताल डोटीले जनाएको छ।

जिल्ला अस्पताल डोटीमा एक वर्षमा ६८ को प्रसूति शल्यक्रिया सफल गरिएको अस्पतालका प्रमुख तथा डा भुषण मिश्रले जानकारी दिएश्र सहज तरिकाले बच्चा पाउन नसकेका महिलाको शल्यक्रियामार्फत बच्चा निकालिएको उनले बताए।

३० महिलाले पहिलो बच्चा पाउँदा पनि शल्यक्रिया गरेको र उनीहरुलाई पुनः दास्रोपटक शल्यक्रिया गरिएको जिल्ला अस्पतालका डा.गिरिष अवस्थीले जानकारी दिए। रासस

प्रकाशित: २ कार्तिक २०७६ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App