१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा आँधी : कम्तीमा १० को मृत्यु, ७० लाखलाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं-  जापानमा आएको आँधीले कम्तीमा १० जनाको ज्यान लिएको छ। ६० वर्षयताकै ठूलो आँधीमा परेर १६ जना हराइरहेका छन्। मुसलधारे पानी पछि आएको बाढी र पहिरोले देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ।

टोकियोबाटमा पर्ने इगु पक्षेत्रमा शनिबार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधी मुसलधारे पानी र पहिरोको कारण बनेको सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीका अनुसार आँधीको गति २२५ किलोमिटर प्रतिघण्टा छ। ४ लाख २५ हजार घरमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको छ। सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनेको छ। रेल सेवा अवरुद्ध भएको छ भने हवाई सेवा समेत प्रभावित बनेको छ। जापानको मौसम विभागले राजधानी टोकियोमा आइतबार आधा मिटर सम्म वर्षा हुन सक्ने चेतावनी दिएको छ।

 

प्रकाशित: २६ आश्विन २०७६ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App