१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महाराविरुद्ध किटानी जाहेरी, बलात्कार प्रयासको अभियोग

फाइल तस्बिर

काठमाडौं — प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। महारामाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी दर्ता गराएकी हुन्।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले महराविरूद्द किटानी जाहेरी दर्ता भएकाे पुष्टि गरे। उनकाअनुसार शाहीले दिएको किटानी जाहेरीमा सभामुखले आफूलाई बलात्कारको प्रयास गरेको उल्लेख गरिएको छ। उजुरीपछि प्रहरीले विस्तृत अनुसन्धान थाल्ने उनले बताए।

उनले भने,‘पीडित रोशनी स्वयम् आएर महराविरुद्ध किटानी जाहेरी दिनुभएको छ। अब अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाइन्छ।

गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए। तर महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन्।

प्रकाशित: १८ आश्विन २०७६ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App