१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

हेटौँडा- मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले एक करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको हो।   

जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले जापानी दूतावासमा आयोजित कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेको विद्यालयले जनाएको छ। 

प्रदेश ३ का प्रदेशसभाका प्रमुख प्रतिपक्षीदलका नेता इन्द्रबहादुर बानियाँको विशेष पहलमा जापानी राजदूतावासले राक्सीराङ २ सरिखेत कुंडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको शौचालय र स्नानकक्ष सहितको ६ कोठे भवन बनाउन एक करोड रुपैयाँ सहयोग गरेको जनाइएको छ।

विकट क्षेत्रमा रहेको यस विद्यालयमा कक्षा–८ सम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ जातिका बालबालिका अध्ययन गर्ने प्रजाप्रगती स्कुलको ६ कोठे भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।   

राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अवको दिनमा विकट राक्सीराङका पिछडिएका चेपाङ तथा प्रजाका बालबालिकाले ढुक्कसँग पठनपाठन गर्न पाउने बताए। रासस

प्रकाशित: १५ आश्विन २०७६ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App