१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय प्रहरीको जीप चोरेर नेपाल ल्याउने गिरोह पक्राउ

रौतहट- भारतको उत्तर प्रदेशबाट भारतीय प्रहरीको जीप चोरेर नेपाल ल्याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उक्त समूहले भारत उतर प्रदेश राज्यको हरदोई जिल्लाका एसपी चढ्ने टाटा सुमो गाडी गत कार्तिक २० गते चोरी गरेर बिक्री गर्नको लागि रौतहट नाका हुँदै नेपाल ल्याएका थिए।  

भारतीय प्रहरीको रातो बत्ति र सञ्चार सेट सहित चोरी भएको गाडी नेपालमा बेचिएको सूचनाको आधारमा भारतीय प्रहरीले नेपाल प्रहरीलाई खोजविन गर्न आग्रह गरेको थियो। मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय रौतहट र पर्सा प्रहरीको संयुक्त विषेश प्रहरी टोलीले भारतीय र नेपाली चोरहरुको गिरोहलाई नै रंगेहात पक्राउ गर्न सफल भएको छ।

सीमावर्ती भारतीय शहर बाट विभिन्न मँहगा कम्पनीको गाडी चोरेर नेपालमा विक्री वितरण गर्ने चोरहरुको मुख्य नाइकेलाई बिहिवार वीरगंज १० गहवा बाट हतियार सहित भारत पूर्वी चम्पारणका मोहम्द समिम अख्तर जावेदलाई पक्राउ गरेको छ। वीरगंजमा पक्राउ परेका जावेद र रौतहटमा पक्राउ परेका ग्यारेज सत्तचालक सँजय साह सहित झण्डै ९ जनालाई चोरहरुको गिरोहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ।  

उत्तर प्रदेशका किशोर भाइ भन्ने रामकिशोर समूहको गिरोहले त्यहाँका स्थानीय प्रहरी प्रमुख चढने यूपी बी ०२१९ नम्बरको गाडी चोरी गरेर नेपालमा आफ्ना सम्पर्क भएका व्यक्ति समक्ष पुर्याउन विहारको पूर्वी चम्परणको घोडासहान नाका हुदै रौतहट सदरमुकाम गौर पुर्‍याएका थिए।

चोरहरुको समुहले सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ७ गढवाटोल नजिकको ग्यारेजमा गाडीका पार्टपूर्जा सबै खोलेर अलग अलग स्थानमा विक्रि गरेर सवै प्रमाण नष्ट गरिसकेको प्रहरी अनुसन्धानले फेला पारेको थियो।

चोरहरुको समूहले एमएटी ४४६२४८ इइके ०९१०१ भारतीय नम्बरको चेसिस खोलेर रौतहटको चन्द्रनिगाहपुरमा संचालित अमर ज्योति नेपाल नामक सँस्थाको ना३च ६५१६ नम्बरको एम्बुलेन्समा प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ। केही महिना अघि विरामी लिन जादै गरेको अवस्थामा दुर्घटनामा परी पूर्ण रुपमा क्षतिग्रस्त बनेको सो एम्बुलेन्समा भारतीय एसपी चढने गाडीको बडी र अधिकाँश महत्वपुर्ण पार्टस प्रयोग गरिएको फेला गरेको हेटौडाका डिआइजी पशुपती उपाध्याले बताए।

गौरको गढवामा सञ्चालित मोटर ग्यारेजका सञ्चालक भारतीय नागरिक संजय साहलाई प्रहरीले पक्राउ गरे पछि गाडीका सबै सामानहरु अलग अलग स्थानमा बेचिएको तथ्य खुलेको डिआइजी उपाध्यायले बताए।

 चोरहरुवाट बरामद भएको भारतीय नम्बरको गाडी र अन्य समान सहित प्रयोग भएको एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय रौतहटमा राखि पक्राउ परेका चोरहरुमाथि अनुसन्धान भइरहेको रौतहटमा प्रहरी प्रवक्ता डिएसपि नविण कृष्ण भण्डारीले बताए।

 

प्रकाशित: १० मंसिर २०७३ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App