काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनालाई लागि लडाई लड्ने बताएका छन्। अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना पार्टीको अडान भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न संविधानको परिधिभित्रै रहेर लडाई गर्ने बताएका हुन्।
उनले संविधान निर्माणमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको आफ्नो पार्टीले संविधान कार्यान्वयनमा पनि सोही अनुसारको सहयोग गरिरहेको दावी गरे। बुधबार काठमाडाैंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विद्रोहको बाटो आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे।
अध्यक्ष थापाले संविधानमा त्रुटि भेटिएको दावी गर्दै त्यसलाई सच्याउने गरी बहसमा आउन पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे।
प्रकाशित: १ आश्विन २०७६ १२:०६ बुधबार