१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महासंघ र नेपाल मेलमिलाप परिषदबीच सम्झाैता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषदबीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्वतयारी गर्नेसम्बन्धी एक सहमतिपत्रमा हालै काठमाडाैंमा हस्ताक्षर भयो।

उद्योग, व्यापार, वाणिज्य तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित मेलमिलाप प्रक्रियाबाट समाधान हुनसक्ने किसिमका विवादहरूको समाधान मेलमिलापमार्फत गराउन आवश्यकता महसुस गर्दै सो सहमति भएको हो।

सहमतिपत्रमा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल मेलमिलाप परिषद्को तर्फबाट सदस्य सचिव नारायणप्रसाद पन्थीले हस्ताक्षर गरेको महासंघले जनाएको छ।

मेलमिलाप केन्द्र स्थापना प्रक्रिया, कार्यविधि, संस्थाको स्वरूप, कानुनी प्रक्रिया समग्र विषयमा अधिमुखीकरण गर्ने उद्देश्यले पूर्वन्यायाधीस र वरिष्ठ अधिवक्ताहरूको कार्यपत्रसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरी कार्यक्रममार्फत प्राप्त पृष्ठपोषणलाई आधार मानी केन्द्र स्थापना कार्य अगाडि बढाउने विषय सहमतिपत्रमा छ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष प्रधानले परिषद्सँगको सहमतिले उद्योगी व्यवसायीको समस्या समाधान गर्न निकै सहज हुने बताए। उनले यो सहकार्य व्यावसायिक समस्या समाधानमा कोशेढुंगा सावित हुने समेत विश्वास व्यक्त गरे।

परिषद्को तर्फबाट मेलमिलाप परिषदका सदस्य सचिव पन्थीले महासंघसँग सहकार्य गर्न पाएकोमा खुसी प्रकट गर्नुहुँँदै सहमतिपश्चात आयोजना हुने कार्यक्रमबाट निजी क्षेत्रका विभिन्न क्षेत्र लाभान्वित हुने विश्वास दिलाए।

प्रकाशित: १ आश्विन २०७६ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App