१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रेमिका भेट्न गएका युवकको जिउँदै जलाएर हत्या, खबर सुनेर आमाको मृत्यु

काठमाडौं - भारत उत्तर प्रदेशको हरदोई जिल्लामा २२ वर्षीय एक दलित युवकलाई जिउँदै जलाइएको छ। कथित माथिल्लो जातकी युवतीसँग प्रेम सम्बन्धमा रहेका ती युवकलाई बाँधेर जिउँदै जलाइएर हत्या गरिएको हो। भारतीय सञ्चार माध्यमकाअनुसार मोनु नाम गरेका ती युवकलाई छिमेकमै काका काकीसँग बस्ने गुप्ता थरकी २१ वर्षीया युवतीसँग प्रेम सम्बन्धमा थिए।

लखनउको एक अस्पतालमा उपचाररत आमाको लागि पैसा लिन घर गएका युवक छिमेकमै रहने प्रेमीका भेटन पुगेका थिए। युवतीलाई भेट्न पुगेका युवकलाई युवतीका परिवारसहितले कुटपिट गरेका थिए। मरणासन्न कुटपिटपछि पेट्रोल छर्केर आगो लगाएको समाचारमा जनाइएको छ। 

चिच्याएको सुनेपछि छिमेकी पुगेका थिए। घाइते अवस्थाका ती युवकलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। छोरालाई जिउँदै जलाइएको खबर सुनेपछि उनकी आमाको पनि हृदयघातका कारण मृत्यु भएको द वायरले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार युवती र नातेदारसहित दुई छिमेकीविरुद्द एफआइआर दर्ज गरिएको छ। युवतीका काका काकीसहित पाँज जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ३१ भाद्र २०७६ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App