१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ग्रेडेडमा वक्तृत्वकला

विराटनगर – विराटनगरस्थित ग्रेडेड माविमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत राहुल साह प्रथम भएका छन्। राष्ट्रिय बालदिवसका अवसरमा आइतबार आयोजित प्रतियोगितामा कक्षा ९ कै आशिका पौडेल दोस्रो र कक्षा ८ का डोरिक मण्डल तथा कक्षा ७ की स्नेहा विश्वास तृतीय भए।

प्रतियोगिताको फाइनल राउण्डमा ७ जना विद्यार्थी सहभागी भएका थिए। विद्यालयले विभिन्न चरणमा उत्कृष्ट तार्किक शैली भएका विद्यार्थी छनोट गरेको थियो। सो अवसरमा विद्यालयका विद्यार्थीहरूले गायन, नृत्यलगायतका प्रतिभाहरूसमेत प्रस्तुत गरेका थिए।

विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा समावेश गरी आफूभित्रका प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्न विद्यालयले विभिन्न अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको विद्यालयका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए।

प्रकाशित: ३० भाद्र २०७६ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App