१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दोलखाका १२ व्यवसायी भारत भ्रमणमा

दोलखा – दोलखाका १२ व्यवसायी भारतको नयाँ दिल्ली र गोवा सहरको अवलोकन भ्रमणमा निस्केका छन्। दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा दोलखा जिल्लाका १२ व्यवसायी शनिबार भारत भ्रमणमा निस्केका हुन्।

श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा रामेछापका तीन व्यवसायीसमेत संलग्न छन्। भ्रमण टोलीले दिल्ली र गोवा सहरको उद्योग व्यवसाय क्षेत्रको अध्ययन अवलोकन गर्नेछ। उनीहरुलाई नेपालको एड्भान्स ग्रुपले भारत भ्रमण गराएको हो।

टोलीमा श्रेष्ठसँगै दोलखा उद्योग वाणिन्य संघका उपाध्यक्ष सनत थापा, कार्यसमिति सदस्य कृष्णबहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका व्यवसायी विदुर शर्मा, व्यवसायी घनश्याम शिवाकोटी, शिवहरि उप्रेती, ताराबहादुर दाहाल, रोजकुमार चौहान, सुन्दर श्रेष्ठ, बिनोद बस्नेत, डिल्लीराम ढुंगेल, प्रमोद श्रेष्ठ, प्रदीप कुमार थापा, सन्तोष श्रेष्ठ र सरोजकुमार थापा छन्।

प्रकाशित: ३० भाद्र २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App