१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओलीको पुत्ला दहन, नेताले भने, ‘लड्ने नै हो भने मैदानमा आउ’

डडेल्धुरा– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। 

कांग्रेस डडेल्धुराले आइतबार प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जागरण अभियानका केन्द्रीय प्रतिनिधिको नेतृत्वमा जिल्ला सदरमुकाम बागबजारको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष ‘प्रचण्ड’को समेत पुत्ला दहन गरेको हो।

कांग्रेसको दोस्रो जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रमणको विरोधमा ओली र प्रचण्डको पुत्ला दहन गरिएको डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए।

सुनियोजित ढंगले नेकपा कार्यकर्ताले सांघातिक रुपमा प्रजातन्त्रका अगुवा नेता तथा कांग्रेस जिल्ला सभापति लगायत जागरण अभियानका क्रममा गरेको आक्रमणका दोषीलाई चाँडो भन्दा चाँडो कानुन बमोजिम कारवाही गनु पर्ने माग गर्दै पुत्ला दहन गरिएको उनले बताए। सभा भइरहेका बेला गुण्डागर्दी शैलीमा चोरेर आक्रमण गर्नु भन्दा स्थान तय गरेर आफूहरु नेकपासँग लड्न तयार रहेको समेत चेतावनी दिए। जिल्ला सभापति मल्लले प्रजातन्त्र विरोधी क्रियाकलापहरु रोक्नसमेत वर्तमान सरकारलाई आग्रह गरे। 

‘लड्ने इच्छा शक्ति छ भने मिति र स्थान चयन गर्नुस्, कांग्रेस लड्न तयार छ’, उनले भने, ‘होइन भने, यो गुण्डागर्दी रोकिएन, गुण्डा गर्दीमा उत्रिएकालाई कारवाही भएन भने देशभरीका तरुणले कांग्रेसको अगुवाईमा प्रतिकार गर्ने चेतावनी दिन्छु।’ 

प्रकाशित: २९ भाद्र २०७६ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App