काठमाडाैं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी भित्रको गुटबन्दीको सशक्त प्रतिवाद गर्नुपर्ने बताएका छन्। महासचिव पौडेलले पार्टी भित्र हुने सबै प्रकारका गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान संचालन गर्न पनि पार्टीका युवा नेता, कार्यकर्तालाई कडा निर्देशन दिए।
पार्टीको हितको लागि, संगठनको हितका लागि पनि गुटगत गतिविधिविरुद्ध पार्टीका नेता, कार्यकर्ताले सशक्त प्रतिवाद गर्नुपर्ने महासचिव पौडेलको चेतावनीयुक्त भनाई छ। पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गुट र पार्टी सँगसँगै अघि बढन नसक्ने पनि बताए। गुटको हितमा लागे पार्टीको हित गर्न सकिदैन,’ महासचिव पौडेलको तर्क थियो, त्यसैले बुझ्नोस् पार्टीको हितमा काम गर्नुछ भने गुटगत गतिविधिलाई मुर्दावाद भन्नैपर्छ।’
महासचिव पौडेलले गुटको हित गर्नेले पार्टीले अहित गर्ने भएकाले पार्टीका हरेक कार्यकर्तालाई गुटगत गतिविधिलाई छाडेर एकतावद्ध संगठन र त्यसको प्रभावकारी परिचालनमा केन्द्रित हुन पनि सचेत गराए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत