१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

देशकभर सुपथ मूल्य पसल सुरु

काठमाडौं – चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि मुलुकभर ७० स्थानमा सुपथ मूल्य पसल सुरु भएको छ। सरकारको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य कम्पनी र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सुरु गरेका हुन्।

मुलुकभरका ७० स्थानमा सहुलियत पसल सञ्चालन भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। साल्ट ट्रेडिङले उपत्यकाका कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुरलगायतका स्थानमा नौ स्थानमा पसल सुरु गरेको छ।

काठमाडौंबाहिर पनि कर्पोरेसनले २४ स्थानमा यस्ता पसल सञ्चालन गरेको विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए। ‘उपभोक्तालाई राहत दिनका छुट दिन पसल सञ्चालन गरेको हो,’ उनले भने। खाद्य कम्पनीले काठमाडौं उपत्यकामा पाँच र बाहिर १८ पसल सुरु गरेको छ। दुग्ध विकास संस्थानले काठमाडौंमा चारवटा र बाहिर एक दर्जन स्थानमा पसल सञ्चालनमा ल्याएको छ।

पसलमा दैनिक उपभोग्य वस्तु नुन, चामल, चिनी, पिठो, मैदा, गेडागुडीदेखि मासुसमेत छुट मूल्यमा पाइनेछ। मोटो चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ तथा च्यांग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ, घिउ ५० रुपैयाँ छुट दिइएको छ।

भदौ २३ बाट सुरु भएको पुपथ मूल्य पसल कात्तिक १६ गतेसम्म सञ्चालन हुने विभागले जनाएको छ। सहुलियत पसलका लागि सरकारले सवा तीन करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयले जनाएको छ। उक्त रकम खाद्य संस्थानमार्फत एक करोड ७५ लाख र साल्ट्र टे«डिङमार्फत डेढ करोड रुपैयाँ छुटमा सामान उपलब्ध गराउने योजना छ।

प्रकाशित: २४ भाद्र २०७६ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App