१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्छुः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्ने बताएका छन्। चीनले तातोपानी नाकासमेत खोल्न नमानिरहेका बेला प्रधानमन्त्रीले नयाँ नाका खोल्न चीनसँग कुरा गर्ने बताएका हुन् बिहीबार बझाङबाट आएको सर्वदलीय टोलीसँगको भेटमा प्रधानमन्त्री  दाहालले  चीनसँगको नाका खोल्न चीनसँग कुरा गर्ने बताए।  

सो अबसरमा बझाङबाट आएको प्रतिनिधि मण्डलले जिल्लाका विकास निर्माण र जनजीविकाका सवालमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सर्वदलीय टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानको खाद्यान्न उत्पादनमा ह्रास आएको भन्दै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

टोलीले जिल्ला दैवी प्रकोप कोषमा रकमको अभावले तत्काल उत्पन्न हुने समस्या सम्बोधन गर्न नसकिएको भन्दै केन्द्रीय दैवी प्रकोप समितिबाट थप बजेटको व्यवस्था गरी दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। भेटमा प्रधानमन्त्रीले प्रतिनिधि मण्डलले उठाएका माग जायज र संवेदनशील रहेको भन्दै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर यसबारे छलफल गर्ने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रकाशित: २ मंसिर २०७३ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App