१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अधिक रक्तश्रावपछि अर्धचेत महिलाको उद्धार

सोलुखुम्ब– सोलुखुम्बुको गुदेलकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। प्रसव व्यथापछि रक्तश्रावको कारणबाट ज्यानकै जोखिममा परेकी महाकुलुङ गाउँपालिका–५ गुदेलकी ३९ बर्षीय निर्मला राईलाई बुधबार साँझ लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।

महाकुलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरिप्रसाद आचार्यका अनुसार पाँचौ पटक प्रसव वेदनापछि अधिक रक्तश्रावको पिडामा परेकी ती महिलाको उद्धार गरिएको हो। ‘उनको ६ बर्षअघि शल्यक्रियाको माध्यमबाट बच्चा जन्माइएको थियो।  नियमित गर्भ परिक्षणको समयमा जटिलता आउन सक्ने जानकारी गराएपनि गाउँमै बस्दा रक्तश्रावको समस्या झेल्नुपरेको हो।’ स्वास्थ्य संयोजक आचार्यले भने।

स्वास्थ्यचौकी गुदेलले जटिल अवस्थाको संकेत गर्दै अन्यत्र जान सुझाव दिएको र प्राथमिक स्वास्थ्य केन्द्र सोताङले समेत जिल्लाबाहिरका सुविधासम्पन्न स्वास्थ्य संस्थामा प्रसुती गराउन सुझाव दिएपनि राईले स्वास्थ्यकर्मीको सल्लाह नमानेर जोखिम मोलेकी थिइन्।

बुधबार विहान प्रसब व्यथाले च्यापेपनि उनी दिउँसो मात्र अर्धचेत अवस्थामा स्वास्थ्य चौकी गुदेल पुगेको स्वास्थ्यकर्मीको भनाई छ। स्वास्थ्यकर्मी र जिल्ला प्रशासन कार्यालयको समन्वय र सक्रियतामा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत हेलिकप्टर झिकाई थप उपचारका लागि काठमाडौंस्थित टिचिङ हस्पिटल लगिएको छ।

यसअघि चार सन्तानलाई जन्म दिएकी राईको दुई सन्तानको मृत्यू भइसकेको छ। स्थानीय स्वास्थ्यकर्मीका अनुसार पेटमा रहेको बच्चा चल्न छोडेको छ। आमा अर्धचेत अवस्थामा छिन्।

प्रकाशित: १८ भाद्र २०७६ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App