१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : नेता पौडेल

बैतडी-नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताउनु भएको छ। नेपाल प्रेस युनियनले शनिबार गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले कुनै नयाँ कामको शुररुवात गर्न नसकेको बताएको छ।

“सरकारले झुटो आश्वासन मात्रै बाँड्ने काम गरिरहेको छ”,उनले भने “आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन। देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ। वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागतरुपमा संरक्षण गर्न लागेको नेता पौडेलले आरोप छ। उनले भने“सुन काण्ड, बालुवाटारकाण्ड, वाइडबडी, मेलम्ची, बूढीगण्डकी लगायतमा सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ। यो सरकारको कथनी र करणीमा भिन्नता छ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भए पनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको नेता पौडेलले बताए। पूर्ण प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन। यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसको घाँटी निमोठ्ने दाउमा लागेको नेता पौडेलको भनाइ छ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको उनको आरोप छ। नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्नु संविधान विपरीत भएको दाबी गरे। सरकार सञ्चालन बाहिरबाट गर्नसक्ने कुरा संविधानले परिकल्पना नगरेको कुरा हो। यो सरकार संविधान कुल्चिँदै अघि बढेको छ।”

देशमा आएको व्यवस्थालाई संस्थागत गर्नका लागि अब कांग्रेस एकढिक्का भएर अघि बढ्ने पौडेलको दाबी छ। उनले भने अब हामी एक ढिक्का भएर अघि बढ्छौँ। लोकतन्त्रमा विश्वास गर्ने सबै मानिस एक हुनु जरुरी छ।” रासस

 

प्रकाशित: १४ भाद्र २०७६ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App