१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुडान घोटालाका फरार ठेकेदार भारती पक्राउ

काठमाडाैँ - बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार एक ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार ठेकेदार शम्भु भारतीलाई पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता तथा एसपी दीपक रेग्मीले फरार ठेकेदार भारतीलाई शुक्रबार पक्राउ गरेको पुष्टि गरे। उनले भने, ‘हामीले फरार भारतीलाई पक्राउ गरेका हौं। उहाँलाई सिआइबी कार्यालय ल्याउने व्यवस्था मिलाइदैछ।’ सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाइने सिआइवी स्रोतले जनाएको छ।

सुडान घोटाला काण्डमा पूर्व आइजिपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी समेत दोषी ठहर भएका थिए।दोषी ठहर भएका पूर्वआइजिपी रमेशचन्द ठकुरीले केही समय अघिमात्रै सर्वोच्च अदालतमा आत्मसर्पण गरेका थिए। उनलाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।  त्यस्तै, पूर्व डिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन्।

नेपाल प्रहरीको सुडानस्थित शान्ति मिसनका लागि आवश्यक एपिसीसहित बन्दोबस्तीका सामान खरिदमा २९ करोड भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर थियो। आयोगले मुद्दा दायर गरी करिब ४४ करोडको खरिदमा २९ करोड अनियमितता जनाएको थियो।

 

प्रकाशित: १३ भाद्र २०७६ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App