१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे अनुगमन मङ्सिरदेखि

काठमाडौं—सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० कार्यान्वयन भए/नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि अनुगमन सुरू गर्ने भएको छ। 

समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयन बारे गुनासो आएपछि अनुगमन गर्ने तयारी गरिएको समितिका अधयक्ष पोषण केसीले जानकारी दिए।

'न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे अनुगमन गर्न सञ्चार मन्त्रालय, पत्रकार महासङ्घ, प्रेस काउन्सिल लगायत पेसागत सङ्घ/सङ्गठनको सहभागितामा रेडियो, टिभी र छापामाध्यम गरी तीनवटा अनुगमन समिति गठन गरिएको छ, मङ्सिर सुरू भएसँगै अनुगमन थालिनेछ', अध्यक्ष केसीले भने। रासस

प्रकाशित: ३० कार्तिक २०७३ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App