१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अन्ततः दुई राप्रपाबीच मंसिर ६ गते एकीकरण हुने निश्चित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच अन्ततः एकता हुने भएको छ । लामो प्रयासपछि मंसिर ६ गते दुई पार्टी एकता गर्ने समझदारी बनेको हो।

मंगलबार दुबै पार्टी अध्यक्ष संयुक्त विज्ञप्ति जारी गर्दै एकताको सन्देश दिन तयारी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री बुद्धिमान तामाङले जानकारी दिए। ‘दुई पार्टीबीच यसअघि भएको आठ बुँदे आधार पत्रकै आधारमा पार्टी एकता गर्ने सहमति बनेको छ,’ उनले भने, ‘सम्भवत मंगलबार नै संयुक्त विज्ञप्ति आउँछ, मंसिर ६ गते घोषणा सभा हुन्छ।’

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै राख्ने यसअघिनै सहमति गर्दै राष्ट्रिय अध्यक्ष र अध्यक्ष रहने व्यवस्था गरिएको छ। जसअनुसार पशुपतिशम्सेर जबरा राष्ट्रिय अध्यक्ष र कमल थापा अध्यक्ष रहने सहमति छ। ‘राष्ट्रिय अध्यक्ष र अध्यक्ष रहने व्यवस्था गरिएको छ,’ तामाङले भने, ‘पार्टी निर्देशक समितिको नेतृत्व राष्ट्रिय अध्यक्षले गर्नुहुन्छ, केन्द्रीय समिति र कार्यसम्पादनको अध्यक्षता अध्यक्षले गर्नुहुन्छ।’

त्यस्तै, तीन सय सदसीय केन्द्रीय समिति बनाउने सहमति गर्दै दुबै पार्टीबाट बराबर १ सय ५० जना सदस्य रहने छन्  भने कार्यसम्पदान समितिमा पनि दुबै पार्टीबाट बराबर सदस्य रहने गरी सहमति भएको तामाङले जानकारी दिए । राप्रपाको हाल १३ सदसीय कार्यसम्पादन  समिति छ ।

पार्टीको सबैभन्दा शक्तिशाली निकायको रुपमा पार्टी निर्देशन समिति रहने भएको छ । दुबैतर्फबाट पाँच÷पाँच सदसीय रहने समितिले राजनीतिक नियुक्तीका साथै पार्टीका सबै राजनीतिक निर्णय लिने अधिकार रहने तामाङले बताए । यसअघि साउनमै पार्टी एकताको घोषण गरेपनि अन्तिम समयमा आएर भाडीएको थियो ।

यसैबीच राप्रपा र राप्रपा नेपाल नेताहरु उपप्रधान तथा गृहमन्त्री विमलेनद्र निधिलाई भेटी दुई पार्टी एकीकरणले सत्ता समिकरणमा कुनै समस्या नपर्ने जनाएका छन् ।नेताहरु राजीव पराजुली, दिलनाथ गिरी र निरञ्जन थापाले गृहमन्त्री निधिलाई सोमबार भेटी एकीकरणका विषयमा निधिसँग कुरा गरेका थिए । त्यसअघि अध्यष कमल थापाले पनि निधिसँग भेटेका थिए ।

प्रकाशित: २९ कार्तिक २०७३ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App