टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’

आइतबार, ०८ भदौ २०७६, १६ : ४० नागरिक

काठमाडौँ– गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो।

लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले उक्त दुवै कार्य समेटिने गरी सो शब्द सिफारिस गरिएको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिए। विभागका महानिर्देशकको संयोकत्वमा गठित आठ सदस्यीय मौसमविद्सहितको टोलीले स्थलगत तथा अन्य अध्ययन गरी विभिन्न छ नाम छनोट गरेको थियो। ती छ नाममध्ये समितिमा ‘भोटिङ’ गरी ‘घुम्रपात’ शब्दलाई छनोट गरेर सो नामकरण गर्न सिफारिस गरिएको हो।

‘घुम्रपात’ नयाँ शब्द भएकाले नेपाली शब्दकोषमा पनि राख्नका लागि पहल गरिने बताइएको छ। उक्त भीषण हावाहुरीबाट भएको क्षति, नाम, टोर्नाडो भएको पुष्टिका आधार, कसरी आएको थियो भन्ने मौसमी अवस्थाको जानकारी, हावाको गति, लम्बाइ र चौडाइ, स्थानीयको अनुभवलगायत मौसमी गतिविधिको विश्लेषण गरेर समितिले प्रतिवेदन तयार गरेको महानिर्देशक वैद्यले बताए।

समितिले उक्त प्रतिवेदन दुई हप्ताअघि मन्त्रालयमा बुझाइसकेको छ। मन्त्रालयले आवश्यक तयारी गरी उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बारा र पर्सामा भीषण हावाहुरी आएलगत्तै जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपाल संस्थाका छ सदस्यीय मौसमविद्को टोलीले गत चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो।

टोलीले उक्त मौसम प्रणाली ‘टोर्नाडो’ भएको तथ्य सार्वजनिक गरेको छ। विभागका वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठ नेतृत्वको उक्त टोलीले ड्रोन क्यामेराबाट क्षतिको अवस्थाबारे भिडियो र तस्बिर लिनाका साथै प्रभावित क्षेत्रका स्थानीयवासीसँग जानकारी लिएको थियो। यसबाहेक भू–उपग्रहबाट लिइएका तस्बिरको समेत अध्ययन गरी विश्लेषण गरिएको थियो। ‘टोर्नाडो’ पर्साको जगत्नाथपुरबाट शुरु भई बाराको बैरियामा पुगेर कमजोर भएको थियो। 

उक्त मौसम प्रणाली पोखरामा उत्पन्न भई पर्सा राष्ट्रिय निकुञ्जबाट शुरु भएको अनुमान गरिएको थियो। भू–उपग्रहको तस्बिरका आधारमा ‘टोर्नाडो’ करीब ३५ किमी लम्बाइ र औसतमा दुइ सय मिटर चौडाइ रहेको प्रारम्भिक तथ्याङ्क त्यसबेला सार्वजनिक गरिएको थियो। यद्यपि चौडाइ एकैनासको नभई फरकफरक रहेको देखिन्छ।    

प्रभावित क्षेत्र नजिक मौसमी राडार नभएकाले उक्त मौसमी प्रणालीको तथ्याङ्क रेकर्ड गर्न नसकिएको विभागले जनाएको छ। टोर्नाडोमा परी बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए। हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पु¥याएको थियो। यसअघि नेपालमा ‘टोर्नाडो’ को घटना भएको अभिलेख छैन।रासस








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad