१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘सान्चेज ओल्ड ट्राफोर्डमै ’

म्यानचेस्टर – स्वाभाविक लयको प्रदर्शन गर्न नसकेको भन्दै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले चिलीका एलेक्सिस सान्चेजलाई अन्यत्र पठाउने तयारी गरेको सार्वजनिक भइरहँदा युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने उनको भविष्य अभैm ओल्ड ट्राफोर्डमै रहेको प्रतिक्रिया दिएका छन्।

सञ्चारमाध्यमले युनाइटेडका उपाध्यक्ष इड उडवार्डलाई उद्धृत गर्दै सान्चेजको सरुवा हुने दाबी गर्दै आइरहेका छन्।  सान्चेज १८ महिनाअघि उच्च अपेक्षाका साथ ओल्ड ट्राफोर्ड भित्रिएका थिए।  यद्यपि, सान्चेजले ४५ खेलमा ५ गोल मात्र गरेका छन्।  

प्रिमियर लिगको सरुवा बजार बन्द भए पनि युरोपका अन्य शीर्ष लिगमा भने सेप्टेम्बर २ सम्म सरुवा बजार खुला रहने भएकाले युनाइटेड सान्चेजलाई अन्यत्र बेच्न चाहन्छ।  बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु गत साता मात्र इन्टर मिलानमा अनुबन्धित भइसकेका छन्।  त्यसैले सोल्सजायर सान्चेज युनाइटेडमै बसेको हेर्न चाहन्छन्। ‘एलेक्सिस मिहिनेती र उत्कृष्ट खेलाडी हुन्। 

जो क्लबलाई सधैं सफलता दिलाउन चाहन्छन्,’ सोल्सजायरले भने, ‘उनी केही समय मैदानमा नदेखिनुको अर्थ हामी उनलाई बेच्ने तयारी गरिरहेका छौं भन्ने होइन।  उनी अहिले पनि क्लबका महŒवपूर्ण खेलाडी हुन्।  हामी उनीबाट सधैं उच्च अपेक्षा राख्छौं। ’ जुनमा सम्पन्न कोपा अमेरिका दौरान

घाइते भएका सान्चेज अझै पूर्ण रूपमा फिट नभइसकेकाले टोलीमा नराखिएको युनाइटेडले बताउँदै आएको छ। ‘उनी क्लबमा आएको ३ साता बिते पनि पूर्ण रूपमा अभ्यासमा सहभागी भइसकेका छैनन्।  उनलाई क्रमिक रूपमा अभ्यासमा सहभागी गराइनेछ।  चोटमुक्त हुनासाथ एकै पटक ९० मिनेट खेलाडीलाई मैदानमा उतार्नु भनेको मुर्खता हो,’ सोल्सजायर भने, ‘हामी उनलाई बिस्तारै टोलीमा सहभागी गराउँदै लानेछौं। ’ युनाइटेडले पहिलो खेलमा चिर प्रतिद्वन्द्वी चेल्सीलाई ४–० ले हराउँदै प्रिमियर लिगमा उत्कृष्ट सुरुआत गरेको थियो।

‘सान्चेज केही समय मैदानमा नदेखिनुको अर्थ हामी उनलाई बेच्ने तयारी गरिरहेका छौं भन्ने होइन।  उनी अहिले पनि क्लबका महŒवपूर्ण खेलाडी हुन्।  हामी उनीबाट सधैं उच्च प्रदर्शनको अपेक्षा राख्छौं। ’

 

प्रकाशित: १ भाद्र २०७६ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App