१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धनुषामा प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ

धनुषा- धनुषामा परीक्षा अगाबै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पाँच जना पक्राउ परेका छन्। एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा जनकपुरबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

परीक्षाबाट सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराउँदै गरेको अवस्थामा प्रहरीले ३० वर्षिय लीलाराज शिवभक्तिसहित पाँच जनालाई पक्राउ गरेको हो। राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तरगत तथ्याङ्कशास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको धनुषाको प्रहरी उपरीक्षक शेखर खनालले बताए।

स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रश्नपत्र बाहिर ल्याउने घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान थालेको छ

प्रकाशित: २७ श्रावण २०७६ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App