सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने : खेलकुदमन्त्री

आइतबार, २६ साउन २०७६, १५ : ५६ नागरिक

काठमाडौं- सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्।

आईतबार राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धि गोष्ठीमा बोल्दै उनले सो खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार आयोजना गर्ने योजना पनि सार्वजनिक गरे।

सबै प्रदेशको खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि हुने भएकाले सरकारले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको पनि स्पष्ट पारे। मन्त्री विश्वकर्माले अवको डेढ वर्ष भित्र गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने गरी आवश्यक योजना तय गरिएको पनि बताए। उनले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई तीब्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराए।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहमा खेलकुद ग्रामको विकास गर्न चाहेको पनि स्पष्ट पारे। कार्यक्रममा उनले राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीलाई सुशासनमा जोड दिन पनि निर्देशन दिए।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad