१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोन्टे विश्वकै उत्कृष्ट प्रशिक्षक : लुकाकु

रोम – बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले प्रशिक्षक एन्टोनियो कोन्टेलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको संज्ञा दिँदै उनकै कारण इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा अनुबन्धित भएको प्रतिक्रिया दिएका छन् ।

सरुवा बजारको अन्तिम दिन बिहीबार लुकाकु ८ करोड ५० लाख युरोमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर भित्रिएका थिए । यसअघि इन्टरले लुकाकुलाई ५ करोड ४० लाख युरोको अनुबन्धन प्रयास गरे पनि युनाइटेडले अस्वीकार गरेको थियो । ‘कोन्टे यस्ता प्रशिक्षक हुन्, जो खेलाडीलाई सधैं उत्कृष्ट बनाउन लागिपर्छन्,’ लुकाकु भने, ‘तपार्इं उनको विगत हेर्न सक्नुहुन्छ ।’

कोन्टेले सन् २०१७ मा चेल्सीको प्रशिक्षक हुँदा लुकाकुलाई भित्र्याउने प्रयास गरेका थिए । तर लुकाकुले एभर्टनबाट ओल्ड ट्राफोर्ड रोजेका थिए । इन्टर लुकाकुको आगमनपछि सिरी ‘ए’ मा युभेन्ट्सको एकछत्र राज तोड्ने लक्ष्यमा छ । लुकाकुले इन्टरमा ९ नम्बर जर्सी लगाउनेछन् । यसअघि उक्त जर्सी तत्कालीन कप्तान माउरो इकार्डीले लगाउँथे । तर प्रशिक्षक र क्लबसँगको तीतो सम्बन्धका कारण गत सिजन उनले कमै खेलमा मात्र अवसर पाए ।

लुकाकुले युनाइटेडबाट प्रि सिजनमा कुनै पनि खेल खेलेका थिएनन् । लुकाकु सन् २०१७ मा इङ्लिस क्लब एभर्टनबाट युनाइटेडमा अनुबन्धित भएका थिए । युनाइटेडबाट ६६ खेल खेल्दा नै २८ गोल गरेका लुकाकु प्रिमियर लिगमा २४ वर्ष नपुग्दै ८० गोल पूरा गर्ने चौथो खेलाडी हुन् । यसअघि इङ्ल्यान्डका माइकल वेन, रोबी फोउलर र वायन रोनीले २४ वर्षभित्र इङ्लिस प्रिमियर लिगमा ८० गोल पूरा गरेका थिए ।

युनाइटेडका लागि ९६ खेल खेलेका लुकाकुले ४२ गोल गरेका छन् । ‘इन्टर लामो इतिहास बोकेको क्लब हो । मेरा लागि इन्टर उत्तम रोजाइ थियो,’ लुकाकुले भने, ‘म नयाँ चुनौतीको सामना गर्न तयार छु ।’ लुकाकुलाई अनुबन्धन गर्न सफल भएका कोन्टे बार्सिलोनाका इभान राकेटिच र लाजियोका सेर्जिग मिलिन्कोभिचलाई अनुबन्धन गर्ने प्रयासमा छन् ।

इन्टर लुकाकुको आगमनपछि सिरी ‘ए’ मा युभेन्ट्सको एकछत्र राज तोड्ने लक्ष्यमा छ । लुकाकुलाई अनुबन्धित गर्न सफल भएका इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टे बार्सिलोनाका इभान राकेटिच र लाजियोका सेर्जिग मिलिन्कोभिचलाई अनुबन्धन गर्ने प्रयासमा छन् ।

 

 

प्रकाशित: २६ श्रावण २०७६ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App