१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

विधान संशोधनबाट मिलाउने प्रयास

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आगामी निर्वाचनको मिति तय गर्दै नेपालमा ओलम्पिक विवाद समाधान गर्नका लागि विधानसमेत संशोधन गरेको छ।

ललितपुरको सातदोबाटोस्थित आफ्नै भवनमा सोमबार विशेष साधारण सभामार्पmत नेपाल ओलम्पिक कमिटीले विधान संशोधन निर्णय गर्दै आगामी निर्वाचनको मिति पनि तय गरेको थियो। साधारणसभा सकिएलगत्तै बसेको बोर्ड बैठकले आगामी सेप्टेम्बर ६ (भदौ २०) गते निर्वाचन गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीका सह–महासचिव राजीव श्रेष्ठले जानकारी दिए।

निर्वाचनका लागि अधिवक्ता लोकभक्त राणाको नेतृत्वमा तीन सदस्य निर्वाचन कमिटी गठन गरेको सह–महासचिव श्रेष्ठले बताए। उक्त निर्वाचन समितिमा राधिका खतिवडा र भीम थापा छन्। विशेष साधारणसभाबाट विधान संशोधन गर्दा ओलम्पिक कमिटीको १७ सदस्यीय समितिको संख्यालाई बढाउँदै १९ सदस्यीय समिति पु¥याउन लागिएको सह–महासचिव श्रेष्ठले बताए।

ओलम्पिकको विवाद समाधान गर्न लागि आगामी कार्यसमितिमा पदाधिकारी संख्या बढाइँदै मानार्थ उपाध्यक्ष र सदस्य पनि थप गरिएको छ। संशोधित विधानमा पूर्वअध्यक्षलाई मानार्थ उपाध्यक्ष दिने, तीन जना सचिव रहने र चार उपाध्यक्षमा एक जना थप गरिएको छ।

अदालतले वैधानिकता प्रदान गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणालाई मानार्थ उपाध्यक्ष दिने तयारी भएको बुझिएको छ। यसअघि निवर्तमान अध्यक्षलाई मानार्थ अध्यक्ष दिइने व्यवस्था भने यथास्थितिमा छ। यसै पटकदेखि सचिव राख्ने व्यवस्था बनाउन लागिएको हो। यद्यपि, सदस्य संख्या घटाइएर ९ जनाबाट ७ बनाइनेछ।

विधान संशोधनमा यस पटकको निर्वाचनबाट अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, एक सह–महासचिव, सचिव ३ जना, कोषाध्यक्ष १ जना र सदस्य ७ जना गरी कुल १९ जनाको कार्यसमिति रहने व्यवस्था छ। उक्त विशेष साधारणसभाले नेपाल गल्फ संघलाई पनि नेपाल ओलम्पिक कमिटीको आगामी निर्वाचनमा मताधिकार प्रदान गर्ने निर्णय भएको छ। यससँगै आगामी निर्वाचनमा कुल २७ संघहरूले मताधिकार पाउने भएका छन्।

नेपाल ब्याडमिन्टन संघ, नेपाल बक्सिङ संघ, नेपाल साइक्लिङ संघ, नेपाल फेन्सिङ संघ, नेपाल जिम्न्यास्टिक संघ, नेपाल ह्यान्डबल संघ, नेपाल हक्की संघ, नेपाल जुडो संघ, ¥याफटिङ एन्ड केनोइङ संघ, नेपाल सुटिङ संघ, अखिल नेपाल फुटबल संघ, कबड्डी, नेपाल लनटेनिस संघ, नेपाल एथ्लेटिक्स संघ, अखिल नेपाल टेबल टेनिस संघ, नेपाल आर्चरी संघ, नेपाल बास्केटबल, नेपाल स्की संघ, नेपाल पौडी संघ, नेपाल तेक्वान्दो संघ, नेपाल ट्रायथोलन संघ, नेपाल भलिबल संघ, नेपाल भारोत्तोलन संघ, नेपाल कुस्ती संघ, नेपाल उसु संघ, नेपाल गल्फ संघ र नेपाल कराते महासंघ छन्।
 

प्रकाशित: २१ श्रावण २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App