१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्थिक अभावले हल निर्माण ठप्प

निर्माणाधीन ब्याडमिन्टन हल।

पोखरा - दुई वर्षअघि पोखरा रंगशाला परिसरमा ब्याडमिन्टन हल निर्माण सुरु गरिएको थियो। चारवटा कोर्टयुक्त हल निर्माणले अझै पूर्णता पाइसकेको छैन्। हलको पूर्णताकै अभावले कास्की जिल्ला व्याडमिन्टन संघले आफनो उद्देश्य पूरा गर्न सकेको छैन। राष्ट्रिय खेलकुद परिषद् र कास्की जिल्ला ब्याडमिन्टन संघको संयुक्त लगानीमा हल निर्माण सुरु गरिएको हो। आर्थिक अभावले नै हललाई पूर्णता दिन सकिएको छैन। संघका अनुसार परिषद्ले बजेट विनियोजन नगर्दा हलको कामलाई टुग्ंयाउन सकेको छैन।

‘झन्डै दुई करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ। शिलान्यास गर्दाको इस्टिमेटअनुसार लागत बढ्न पुगेको छ।’ कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले आइतबार पत्रकार सम्मेलनमा भने, ‘एक करोड २० लाख रुपैयाँ परिषद्ले बजेट दियो। बाँकी संघले नै खर्च ग¥यो।’ हल ३ करोड ५० लाखको लागतमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो। तर अहिले लागत बढ्दा चार करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

साढे दुई रोपनी क्षेत्रफल हल निर्माण गरिँदै छ। पोखरा रंगशालाभित्र २०४० सालमा निर्मित ब्याडमिन्टन कभर्ड हल छ। जुन कभर्ड हलमा प्रशिक्षणदेखि प्रतियोगितासम्मका गतिविधि हुँदै आएको छ।  २० मिटर चौडाइ र ४० मिटर लम्बाइबराबर जग्गाको क्षेत्रफल ब्याडमिन्टन संघलाई हल बनाउन स्वीकृति आएको हो। नक्सांकनअनुसार चारवटा कोर्ट, चेन्जिङ रुम, संघको कार्यालय, शौचालयसहितको पूर्वाधार बन्नेछ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार २० फिट चौडाइ र ४४ फिट लम्बाइको ब्याडमिन्टन कोर्ट तयार हुनेछ। निर्माणाधीन हलभित्र चारवटा कोर्ट अटाउनेछ।

‘परिषद्ले थप लगानी नपठाउँदा हललाई फिनिसिङ गर्न सकिएको छैन,’ उनले भने, ‘हल फिनिसिङ नहुँदा भएकै दुईवटा कोर्टयुक्त हलमा संघकै पदाधिकारी खेल्नका लागि लाइन बस्नुपर्छ।’  ‘मेडल मात्रै होइन, स्वस्थ रहनु पनि उपलब्धि हो,’ उनको भनाइ थियो। उनका अनुसार कोर्ट अभावमा विद्यार्थी तथा अन्य सर्वसाधारणलाई टे«निङ दिन सकिएको छैन।

संघले आगामी भाद्र दोस्रो साता १८औं संस्करणको इन्द्रबहादुर गुरुङ स्मृति विद्यालयस्तरीय छात्र तथा छात्रा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ। संघले आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ब्वाइज सिंगल र गल्र्स सिंगलमा प्रतिस्पर्धा गराउनेछ। माध्यमिक तहतर्फ ब्वाइज सिंगल र डबल्स, गल्र्सतर्फ पनि सिंगल र डबल्समा प्रतिस्पर्धा गराइने प्रतियोगिता संयोजक बबिन बाग्दासले जानकारी दिए। उच्च माध्यमिक तहतर्फ पनि ब्वाइज सिंगल र डबल्स, गल्र्स सिंगल र डबल्सको इभेन्टमा प्रतिस्पर्धा गरिनेछ।

विजेता विद्यालयका विद्यार्थीलाई पदक, ट्रफी तथा मायाको चिनो प्रदान गरिनेछ। बेस्ट प्लेयर ब्वाइजलाई स्पोटर््स साइकल, बेस्ट प्लेयर गल्र्सलाई पनि स्पोटर््स साइकल, उदीयमान खेलाडीलाई ट्रफी  तथा अनुशासितलाई ट्रफी, सर्वाधिक खेलाडी सहभागी हुने विद्यालयलाई ट्रफी, उत्कृष्ट पोसाक र उत्कृष्ट विद्यालयलाई समेत ट्रफी प्रदान गरिनेछ। खर्च ४ लाख ९० हजारको अनुमान गरिएको छ। कक्षा ११ र १२ को हकमा भने हाल १२ कक्षामा अध्ययनरत भएको हुनुपर्ने प्रावधान कास्की जिल्ला ब्याडमिन्टन संघले राखेको छ। प्रतियोगिता भाद्र १० गतदेखि १४ गतेसम्म पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा सञ्चालन हुनेछ।

प्रकाशित: १३ श्रावण २०७६ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App