१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपाले दियो प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी

फाइल तस्बिर ।

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपाल संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुईवटा घटनाको तत्काल छानबिनका लागि संसदीय समिति बनाउन सरकारलाई दबाब दिएका छन्।

उनले सर्लाही घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरे भोलि (सोमबार) बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनीसमेत दिए।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सर्लाहीमा भएको दुवै मृत्यु प्रकरण गैरन्यायिक भएकाले आफ्नो पार्टीले संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको बताए।

नेत्रविक्रम चन्द ‘विप्लव’समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। त्यसको न्यायिक छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले यसअघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए।

यस्तै संयोजक यादवले पार्टीको आसन्न महाधिवेशनको तयारीको कामलाई पनि तीव्रता दिइएको बताए। उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालसँग पार्टी एकताका लागि वार्ता प्रक्रियालाई जारी राखिएको पनि बताए।

प्रकाशित: १२ श्रावण २०७६ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App