१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१६ किलो सुन काण्ड: विभागद्वारा अनुसन्धान शुरु

काठमाडाैं- गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ।

सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका–१ का ४० वर्षीय धनकमल गुरुङलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो। 'शुक्रबार यहाँ आइपुगेसँगै अदालतबाट हामीले पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेका छौँ, अनुसन्धान सकिएपछि अदालतमा मुद्दा दर्ता हुन्छ', विभागका महानिर्देशक दीर्घराज मैनालीले भने। उनका अनुसार परीक्षणमा १६ किलो सुन सक्कली भएको पुष्टि भएको छ।

गुरुङले अवैध सुन ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले बिहीबार गुरुङलाई नियन्त्रणमा लिएको थियो।

सोधपुछ गर्दा निजले चीनको तिब्बतबाट उक्त परिमाणको सुन अवैधरूपमा चोरी निकासी गरी सोही गाउँपालिकास्थित जङ्गलमा लुकाइछिपाइ राखेको जानकारी दिएपछि प्रहरीले उक्त स्थानबाट १६ किलो सुन बरामद गरेको हो।  रासस

प्रकाशित: ११ श्रावण २०७६ १६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App