१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पचपन्न झ्याले दरवारः खुलेदेखि १८ हजारले गरे अवलोकन

भक्तपुर– भक्तपुरको प्रसिद्ध ५५ झ्याले दरवारको हालसम्म झण्डै १८ हजारले अवलोकन गरेका छन्। २०७५ साल पुस २ गतेदेखि सर्वसाधारणका लागि खुलेको दरवारको हालसम्म १७ हजार ५ सय ३४ जनाले अवलोकन गरेको जनाइएको छ।

दरवारमा कार्यरत कर्मचारी हरिप्रसाद ग्यामरुले पुस दुई गतेदेखि खुलेको दरवारमा दिनमा तीन सयदेखि एक हजार ६ सय ४३ जनासम्मले अवलोकन गर्न आएको तथ्यांक दिए। देशविदेशका पर्यटकहरु दरवारको अवलोकन भ्रमणमा आउने गरेकाे उनले बताए।

दरवार हप्ताको दुई दिन मात्र खोलिन्छ, मंगलबार र शुक्रबार। ३१२ वर्ष पुरानो यो दरबार यो मल्लकालिन राजा भूपतेन्द्र मल्लले बनाएका थिए। याे दरवार तीन तल्लाको रहेको छ।

पचपन्न झ्याले दरवार अवलोकन गर्न शुल्क लिइन्छ। सर्वसाधारणलाई २० रुपैयाँ, विद्यार्थीलाई १० रुपैयाँ र ६० देखि ७० वर्षलाई पनि १० रुपैयाँ प्रतिव्यक्ति प्रवेश शुल्क लिने गरेको छ। ७० वर्ष नाघेका बृद्धबृद्धालाई र ५ वर्ष मुनिका बच्चाहरुलाई शुल्क लाग्दैन। साथै विदेशीहरुलाई पनि शुल्क लाग्दैन। भक्तपुर नगर प्रवेशमै शुल्क तिर्ने भएकाले विदेशीलाई थप शुल्क नलगाइएको जनाइएको छ।

दरवार हेर्न पुगेकी ६२ वर्षीया रत्नदेवी प्रजापतिले पुरानो कलाहरु हेर्न पाएकोमा खुसी व्यक्त गरिन्। प्रजापतिले भनिन्, ‘पच्चपन्न झ्याल दरवारमा रहेको भित्तेचित्रहरु अझ मर्मत भएको भए झन राम्रो हुन्थ्यो। हामीलाई त केही थाहा छैन्। यसकोबारेमा ज्ञान भएको एकजना गाइड भएको भए झन् राम्रो हुने थियो।’ अर्का अवलोकनकर्ता संजय थापाले पैसा लिएको अनुसार केही पनि नभएको गुनासो पोखे। भित्तेचित्र पनि खासै नदेखिने भएको उनी सुनाउँछन्। उनले भने, ‘म त ५ मिनेट मै बाहिर निस्केँ।’ आफूले सोचेको जस्तो आर्कषक नभएको उनले बताए।

दरवारमा ३ सय १२ वर्ष पुरानो भित्तेचित्र रहेका छन् ।

 

प्रकाशित: ७ श्रावण २०७६ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App