महन्तबाट मठमन्दिरको जग्गा हिनामिना

कारबाहीबाट बच्न नेताको शरणमा

आइतबार, ०५ साउन २०७६, ०६ : ५६ दिलीप पौडेल

काठमाडौं - मठमन्दिरको अर्बौं रुपैयाँ पर्ने जमिन बिक्री गरेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णव कारबाही प्रक्रियाबाट जोगिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको शरणमा पुगेका छन्।

राजनीतिक नेतृत्वको सहारामा कारबाहीबाट बच्न उनले लबिङ थालेका हुन्। महन्त जगन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन विभिन्न समयमा बिक्री गरेर हिनामिना गरेको आरोप छ। मठमन्दिरको जग्गा बेचेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोप लागेपछि उनलाई गुठी संस्थानले निलम्बन गरेको छ। निलम्बनको पत्र बुझ्न आनकानी गरेका उनी मन्त्री तथा राजनीतिक नेतृत्वको सहारामा कारबाहीबाट उम्किने प्रयासमा छन्। उनले स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, नेकपा नेता रामचन्द्र झासमेतको साहारा लिएर भूमिमन्त्री अर्याल र नेकपाका अध्यक्ष दाहालमार्फत गुठी संस्थानमा दबाब दिने प्रयास गरेको स्रोतको दाबी छ।

मठको जग्गा बेचेको आरोप लागेका मानमहन्त जगन्नाथ दास वैष्णवले कारबाहीबाट जोगिन स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, नेकपा नेता रामचन्द्र झासमेतको सहारा लिएर भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल र नेकपाका अध्यक्ष पुष्पकमल दाहालमार्फत लबिङ गरेका छन्।

राज्यमन्त्री यादव र महन्त जगन्नाथले भूमिमन्त्री अर्याललाई भेटी कारबाही नगर्न अनुरोध गरेका थिए। यादव महन्त जगन्नाथलाई लिएर मन्त्री अर्याललाई भेट्न पुगेका थिए। ‘स्वास्थ्य राज्यमन्त्रीले महन्तलाई लिएर आउनुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रीज्यू पोजेटिभ नभएपछि महन्त निन्याउरो मुख लिएर फर्किए।’
महन्त जगन्नाथले राज्यमन्त्री यादवले जनकपुरमा सञ्चालन गरेको जानकी केयर हेल्थ एन्ड सेन्टरलाई जग्गा उपलब्ध गराएका छन्। राज्यमन्त्री यादव र महन्त जगन्नाथको राम्रो उठबस रहेको जनकपुरका स्थानीय बताउँछन्। जग्गा खरिदबिक्री प्रकरण सार्वजनिक भएपछि महन्त जगन्नाथले आफूसँग भेटेको यादवले स्वीकारे। ‘महन्तसँग मेरो राम्रो चिनजान छ,’ यादवले शनिबार नागरिकसँग भने, ‘मलाई समस्या प¥यो भनेर आउनुभएको थियो।’ उनले महन्तको व्यक्तिगत नाममा भएको जमिन कलेजका लागि लिजमा लिएको बताए। ‘मठमन्दिरकै जग्गा बिक्री गरेको भेटिए महन्त कारबाहीको भागीदार हुनुपर्ने मन्त्रीको धारणा थियो। ‘चिनजान भएकाले भेट्न आउनु स्वाभाविक हो,’ उनले भने, ‘गल्ती गरेको भए कारबाहीको भागीदार हुनुपर्छ।’ महन्तलाई मन्त्री अर्यालसँग भेट गराएको विषयमा भने उनले स्पष्ट जवाफ दिएनन्।

भूमिमन्त्री अर्याललाई भेटेपछि महन्त पूर्वमन्त्री तथा नेकपा नेता झालाई लिएर अध्यक्ष दाहाललाई भेटन् उनको निवास ललितपुरको खुमलटार पुगेका थिए। महन्तले नेकपाका नेतामात्र नभएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि गुनासो पोखेका छन्। बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्न जाँदा शुक्रबार लक्ष्मीनारायण मठमटिहानीमा दर्शन गर्न पुगेका देउवालाई महन्तले सहयोग गर्न आग्रह गरेका थिए। ‘गुठी संस्थानले दुःख दिएको गुनासो शेरबहादुर देउवासमक्ष राख्नुभयो,’ स्रोतले भन्यो। महन्तको गुनासो सुने पनि देउवाले केही जबाफ नदिएको स्थानीयले बताए।

गुठी संस्थानले निलम्बनको पत्र बुझ्न बोलाए पनि महन्तले बुझ्न आनकानी गरेका छन्। निलम्बनपछि काठमाडौं आएका उनी राजनीतिक नेतृत्वलाई भेटेर महोत्तरी पुगेका छन्। महन्त सम्पर्कमा नआएपछि हुलाकबाट पत्र महोत्तरी पठाइएको गुठी संस्थानका प्रशासक नारायण चौधरीले बताए। ‘निलम्बनको पत्र काठमाडौं आएका बेला बुझाउन खोजे पनि उहाँ कार्यालयमा आउनुभएन,’ चौधरीले शनिबार भने, ‘हुलाकबाट पत्र महोत्तरी पठाएका छौं। एक÷दुई दिनमा पुग्ला।’

कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको चौधरीले बताए। महन्तले रुपन्देहीमा रहेको मठको जग्गा बिक्री गरेको प्रमाण भेटिएपछि कारोबार बदर किन नगर्ने भनेर पत्राचार पनि गरेको चौधरीले जानकारी दिए। ‘अन्य ठाउँको रेकर्ड लिँदैछौं,’ चौधरीले भने, ‘रुपन्देहीको हकमा कारबाही प्रक्रिया अघि बढाएका छौं।’ यसअघि महन्तले बिक्री गर्ने तयारी गरेपछि वीरगन्जमा रहेको सात बिघा जमिन बदर गरेको चौधरीले बताए। ‘वीरगन्जको सात बिघा जग्गा बिक्री गर्न लागेको सूचनाका आधारमा बदर गरेर गुठीको नाममा ल्याएका छौं,’ चौधरीले भने, ‘जनकपुरमा पनि रोक्का गर्न पत्राचार गरेका छौं।’ महन्त जगन्नाथले आफ्ना गुरु कौशल किशोरको नाममा भएको विभिन्न मठमन्दिरको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन्। उनले मालपोत, नापी र संस्थानका कर्मचारीसँगको मिलेमतोमा जग्गा बिक्री गर्दै आएको भए पनि कारबाही भएको छैन।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad