१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

सुपर ओभर चाहेका थिएनन् स्टोक्सले

लन्डन – न्युजिल्यान्डविरुद्ध सुपर ओभरमा सनसनीपूर्ण जित निकाल्दै पहिलो पटक एकदिवसीय क्रिकेट विश्वकपको उपाधि चुमेको इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले आगामी दिनमा सुपर ओभर नचाहेको बताएका छन्।

गत आइतबार सम्पन्न एकदिवसीय विश्वकपको फाइनलमा २ सय ४२ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा २ सय ४१ रन बनाउँदा खेल बराबरी भएको थियो। त्यसपछि सुपर ओभरमा लम्किएको खेलमा इङ्ल्यान्ड भाग्यमानी बन्दा उपाधि आँगनैमा राख्न सफल भएको थियो। सुपरओभरमा पनि बराबरी नतिजा भएपछि इङ्ल्यान्ड सर्वाधिक बाउन्ड्री प्रहार गरेको आधारमा विजयी भएको थियो।

‘सुपर ओभरको खेल सम्झँदा मलाई नुहाउन जान मन लाग्छ,’ स्टोक्सले भने, ‘मलाई यो अवस्थामा पुनः बलिङ गर्न जान निकै कठिन हुनेछ।’
जोफ्रा आर्चरको बलिङमा मार्टिन गुप्टिलले २ रन लिने प्रयास गरे पनि जसन रोयले थ्रो गर्दा विकेटकिपर जोस बटलरले गुप्टिललाई रन आउट गर्दा इङ्ल्यान्डले उपाधि जितेको थियो। उक्त क्षणपछि स्टोक्स खुसीका साथ मैदानमा लडीबुडी खेलेका थिए।

‘ऐतिहासिक जित निकाल्दा मलाई निकै खुसी लागेको थियो। त्यो क्षण पछि म मैदानमा खुसीले लडेको थिएँ,’ २८ वर्षिय स्टोक्स भने। फाइनल खेलमा बेन स्टोक्सले उत्कृष्ट प्रदर्शन गर्दा ८४ रनमा अविजित रहेका थिए।

प्रकाशित: २ श्रावण २०७६ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App