१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुलीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्याे,चार जना बेपत्ता

सिन्धुलीको खनियाखर्क नजिकै गएको पहिरो ।

सिन्धुली– बाढीपहिरोमा परि सिन्धुलीमा चार जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता रहेका छन्।

अविरल बर्षाका कारण सिन्धुलीका तीन छुट्टाछुट्टै घट्नामा चार जना को मृत्यु भएको छ भने ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  शनिबार  दुधौली नगरपालिका १२ जिनाखु बुनिटार बस्ने बर्ष ४० को हिराबहादुर पौडेलको घरमाथिबाट खसेको पहिरोले घर पुर्दा बेपत्ता भएकी हिराकी श्रीमती बर्ष ३० की सिता पौडेल, उनकै छोरी बर्ष १० की सविता पौडेल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले जानकारी दिए। यो सँगै मृत्यु हुनेको संख्या चार पुगेको हो।

शुक्रबार दिउँसो हिराबहादुर पौडेलको घर पहिरोले पुरिदा उहाँकी ३० वर्षीया श्रीमती सुनिता, १० वर्षीया छोरी सबिता पौडेल र छोरा सागर पौडेल बेपत्ता भएका थिए। बेपत्ता मध्ये सुनिता र सविताको शब फेला परेको छ भने  हिराका छोरा सागर पौडेल अझै बेपत्ता भएका छन्। सो पहिरोमा ३ ओटा बाख्रा र दुईओटा खसी समेत पुरेको छ। यस्तै शनिबारनै कमलानदीमा आएको बाढीले बगाउदा एक बालकको मृत्यु भएको थियो।

अविरल बर्षाका कारण कमलानदीमा आएको बाढीले दुधौली नगरपालिका १ डकाहामा बस्ने ६ जनाको परिवारनै बगाँउदा १ बालकको मृत्यु भएको थियो भने बेपत्ता रहेका तीन जना अझै भेटिएका छैनन्।  कमलानदीमा आएको बाढीले दुधौली नगरपालिका वडा नं. १ डकाहा बजारको नजिककै कमला नदिको किनारमा त्रिपाल टाँगेर बस्ने एक परिवारलाई कमला नदिले वगाउदा सर्लाही घर वताउने रेणु कापरीको ३ वर्षीय छोरा कार्वन कापरी मृत्यु बाढीले बगाएर मृत्यु भएको थियो।

प्रहरीका अनुसार मृतक बालकको दुधौली नगरपालिका ४ बैरामा शब फेला परेको हो। रेणुकै एक बर्षे छोरा सर्गम र ७ वर्षीय छोरा आधि कापरी अझै बेपत्ता छन्। यस्तै  नदीले बगाएर बेपत्ता हुनेमा सर्लाही घर वताउने मिथुन कापरीको ६० वर्षीय फुपु मरणी कापरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीले वगाएका मिथुन कापरी, रेणु कापरीलाई प्रहरीले सकुशल उद्दार गरेको थियो। यस्तै गत शुक्रबार अविरल बर्षाका कारण सिन्धुलीको फिक्कल गाँउपालिका १ झुल्केमा गोठ माथिबाट पहिरो खस्दा गाइबस्तुलाई कुडो खुवाउन गएकी ३५ बर्षिय हेमकुमारी सुनुवारको पहिरोमा परि मृत्यु भएको थियो।

प्रकाशित: २९ असार २०७६ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App