१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिद्धबाबाको पहिरोमा च्यापिएर एकको मृत्यु

बुटवल– बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ।

मृतकको साथबाट पाल्पा मित्याल ९ ठेगाना उल्लेख भएको धनबहादुर सुनारीको सवारी चालक अनुमतिपत्र फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए। सिद्धबाबाको हेडबक्स नजिँकै मोटरसाइकलसहित सुनारीलाई माथिबाट झरेको पहिरोले तिनाउ किनारमा पुर्याएको स्थानीयले बताएका छन्। 

पहिरोका कारण पाल्पा बुटवल सडक अहिले अबरुद्ध छ। पाल्पाबाट बुटवल आउने सवारी साधनहरु दोभानमा रोकिएका छन्। बुटवलबाट छुट्ने सवारी साधनहरु बुटवल बसपार्कमै रोकिएका छन्। पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ असार २०७६ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App