१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुरुङ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु

दमास्कस – सिरियाको पूर्वीक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ।

डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो। टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार सो बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा छाडेको थियो।

इस्लामिक स्टेट समूह परास्त भएका सिरियाका धेरै भूभागमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र बम भेटिने गरेका छन्। यी विस्फोटक पदार्थमा परेर सर्वसाधारणको नियमित झैं ज्यान गइरहेका खबर दिनहुँ आउने गरेको पनि टेलिभिजनले उल्लेख गरेको छ।

गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अर्का एक बालक घाइते भएका थिए। गत मार्च ६ र फेब्रुअरी २४ मा पनि बारुदी सुरुङ विस्फोटबाट ३३ जनाको ज्यान गएको थियो।

प्रकाशित: २६ असार २०७६ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App