१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्याँस सिलिन्डर विस्फोट, २० घाइते

वासिङ्टन – अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिन्डर विस्फोट हँुदा कम्तीमा २० जना घाइते भएका छन्। प्लान्टेसन सहरमा रहेको व्यापारिक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिएका छन्। सामाजिक सञ्जालमा देखिएको घटनास्थलसम्बन्धी भिडियो हेर्दा घटनास्थलमा धेरै नै क्षति भएको जस्तो देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताएका छन्।

प्रकाशित: २३ असार २०७६ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App